दुर्इ नम्बर प्रदेशमा स्थानीय तह निर्वाचनको उत्साह (फोटो फिचर)
बुधबार, २१ भदौ २०७४
दुर्इ नम्बर प्रदेशमा स्थानीय तह निर्वाचनको उत्साह (फोटो फिचर)

काठमाडौँ । असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि मनोनयनको दिन बुधबार दुई नम्बर प्रदेशमा बेग्लै उत्साह देखिएको छ ।

लामो समयपछि आफ्ना जनप्रतिनिधि चुन्ने अवसरमा सहभागी हुन आतुर दुई नम्बर प्रदेशका मतदाता चाडवाडमा झैँ मनोनयन कार्यक्रममा सहभागी भए ।

मधेसवादी दलसहित ठुला दलले पनि प्रतिष्ठाको लडाइँको रुपमा लिएको दुई नम्बर प्रदेशमा मनोनयनका क्रममा आफ्नो शक्ति प्रदर्शन गरे । मनोनयनका क्रममा सामान्य विवाद भए पनि अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण अवस्था छ ।

भारतसँग सिमाना जोडिएकाले सुरक्षा चुनौती रहे पनि सामान्य केही घटना मात्रै अहिलेसम्म भएका छन् । महोत्तरीमा बम पड्किएको छ भने सिरहामा कांग्रेसका कार्यकर्ता आपसमा कुटाकुटमा उत्रिए ।

तर, बारादेखि सप्तरीसम्मका सबै जिल्लामा मनोनयन प्रक्रिया पूर्णतया शान्तिपूर्ण रहेको सम्बन्धित जिल्लाबाट जनता समाचारकर्मीहरुले जानकारी दिनुभएको छ ।

 

२०७४ भदौ २१ गते १५:५५ मा प्रकाशित
266 पटक पढिएको

प्रतिक्रिया दिनुहोस