प्रदेश दुर्इमा एमालेको अर्को जित, मलंगवामा दलित महिला सदस्य निर्विरोध
शुक्रबार, २३ भदौ २०७४
प्रदेश दुर्इमा एमालेको अर्को जित, मलंगवामा दलित महिला सदस्य निर्विरोध

काठमाडौँ । असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचन अन्तर्गत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दोस्रो जित निकालेको छ ।

यसअघि बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा दलित महिला सदस्य जितेको एमालेले सर्लाहीको मलंगवा नगरपालिकामा पनि एउटा वडा सदस्यमा निर्विरोध जित निकालेको हो ।

सर्लाहीको मलंगवा नगरपालिका वडा न १० मा सरिता देवीे दलित महिला वडा सदस्यमा मा निर्विरोध हुनुभएको हो । बुधबार सम्पन्न मनोनयन दर्तामा वडा नं २४ का मा दलित महिला सदस्यमा सरिता देवीको मात्रै उम्मेदवारी परेको थियो । अन्य प्रतिस्पर्धी नभएपछि उहाँ निर्विरोध हुनुभएको हो ।

यसअघि बारा जिल्लाको जितपुर–सिमरा उपामहानगरपालिका वडा नं २४ बाट एमालेले खाता खोलेको थियो । यो वडाको दलित महिला सदस्यमा आलमती देववी निर्विरोध निर्वाचित हुनुभएको थियो ।

 

 

२०७४ भदौ २३ गते ११:५९ मा प्रकाशित
4268 पटक पढिएको

प्रतिक्रिया दिनुहोस