हातले रोकेन जैसिकाको आकाश चुम्ने अठोटलाई (भिडियो अन्तरवार्ता)
शनिबार, २४ भदौ २०७४
हातले रोकेन जैसिकाको आकाश चुम्ने अठोटलाई (भिडियो अन्तरवार्ता)

काठमाडौँ । जैसिका कक्स ससांरकै पहिलो बिनाहातकी विमान चालक हुन् । उनले दुवै हातबिना सफलतापूर्वक विमान चलाएर सबैलाई आश्चर्यमा पारेकी छिन् । त्यतिमात्रै होइन उनी ताइक्वान्दो खेलकी ब्ल्याक बेल्ट पनि हुन्, त्यो पनि थर्ड डिग्री ब्ल्याक बेल्ट । यी सबै उपलब्धी उनले बिनाहात हासिल गरेकी हुन् ।

उनी मोटर चलाउनेदेखि लिएर कम्प्युटर चलाउने, आँखामा कन्ट्याक्ट लेन्स हाल्ने जस्ता काम पनि खुट्टाले गर्छिन् । खाना खाने, दाँत माझ्ने जस्ता नित्य कर्म हातले नै गर्नु त उनका लागि सामान्य नै हो । त्यसैले जैसिका अहिले संसारभरीका लाखौँ विभिन्न किसिमको अल्पता भएका मानिस र सामान्य मानिसलाई पनि प्रेरणकी स्रोत भएकी छिन् ।

उनले सामान्य मानिसले दुवै हात सबल भएर पनि प्राप्त गर्न नसक्ने उपलब्धी खुट्टाको सहायताले हासिल गरेका छन् । उनको सफलताबाट अहिले संसारभरका मानिस प्रेरणा लिन चाहन्छन् । त्यसैले उनी आजभोली प्रेरणाको प्रवचन दिन थालेकी छिन् । प्रेरणादायी प्रवचन दिन अहिलेसम्म उनी संसारका २० भन्दा बढी मुलुक पुगिसकेकी छिन् । उनका प्रवचन अहिले विश्वका धेरै मानिसहरुलाई प्रेरणाको स्रोत हुने गरेका छन् ।

जैसिका कक्स जन्मदै दुवै उनका दुवै हात थिएनन् । विशेष प्रकारको शारीरिक अल्पताको कारण कक्स बिना हात जन्मिएकी थिइन् । जन्मदेखि १३ वर्षको उमेर सम्म उनले नकल्ली हातहरु प्रयोग गरिन् । जब उनी १४ वर्ष पुगिन् उनले नक्कली हातहरु फालिदिइन् । आफु जस्तो छु त्यसैलाई आप्mनो शक्ति बनाउने अठोट उनले गरिन् । त्यस यता उनले कहिल्यै आप्mनो दुवै हात नहुनुलाई आप्mनो कमजोरी मानिन् ।

उनलाई आत्मबल दिलाउन उनको परिवारले नै सहयोग गरेको उनको भनाई छ । त्यसैले उनी भन्छिन् कुनै पनि शारीरिक कमजोरी वा दुर्वलता भएकाको मनोवल बढाउन र उसलाई जीवनमा सफल बनाउन उसका वरिपरीका मानिसको पनि साथ चाहिन्छ । उनले त साथ पाईन् उनी आफु जस्तै भएका अरुलाई पनि साथ दिन तिनका परिवार आप्mन्त र राज्यलाई अपील गर्छिन् ।

ह्याण्डिक्याप इन्टरनेसनको सद्भावनादूत समेत रहेकी जैसिकम केहि दिन अघि नेपाल आएकी थिइन् । नेपाल आउँदा उनी विभिन्न कार्यक्रममा निकै ब्यस्त थिइन् । तर निकै ब्यस्त समयबीचपनि उनले जनता टेलिभिजनकालागि केही समय भने छट्याइन् । प्रस्तुत छ, जनता टेलिभिजनका समाचार प्रमखु अरुणदेव जोशीले कार्यक्रम ‘द भ्यू’का लागि लिएको अन्तरवार्ताको पुरा भिडियोः

२०७४ भदौ २४ गते १३:२७ मा प्रकाशित
1008 पटक पढिएको

प्रतिक्रिया दिनुहोस