यात्रुले भरिएको बस यसरी घरमाथि बजारियो (फोटो फिचर)
शनिबार, २४ भदौ २०७४
यात्रुले भरिएको बस यसरी घरमाथि बजारियो (फोटो फिचर)

नुवाकोट । काठमाडौँबाट गुर्जुभन्ज्याङ हुँदै नुवाकोटको खरानीटार गइरहेको बस शनिबार दुर्घटना हुँद कम्तिमा पनि तीनजनाको ज्यान गएको छ । खानीटार जाने क्रममा यात्रुले खचाखच भरिएको बस जिल्लाको पुर्वी भेगीस्थित शिवपुरीमा पल्टेर एउटा घरमाथि बजारिन पुगेको हो ।

प्रशासनले घटनाको प्रारम्भिक जानकारी दिँदै बा १ ख ६३४८ नम्बरको बस पल्टिँदा तीन जनाको मृत्यु भएको जानकारी गराएको थियो । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

सदरमुकाम विदुरबाट ४५ किलोमिटर पूर्वस्थित शिवपुरी गाउँपालिका वडा नं ७ खरानीटारमा शनिबार यात्रुबस दुर्घटनामा परेको थियो ।  बस सडकबाट खसेपछि घरमा बजारिँदै एक सय मिटर तल भीरमा खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले बताउनुभयो ।

२०७४ भदौ २४ गते १४:१८ मा प्रकाशित
254 पटक पढिएको

प्रतिक्रिया दिनुहोस