गायक हेमन्त शर्माका छोरा हिरक हेमन्तको ‘आइएम सरी’ भिडियो सार्वजनिक (भिडियोसहित)
आइतबार, २५ भदौ २०७४
गायक हेमन्त शर्माका छोरा हिरक हेमन्तको ‘आइएम सरी’ भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित एवम् लोकप्रिय गायक हेमन्त शर्माका छोरा हिरक हेमन्त भट्टराईले पहिलो पटक गाएको गीत ‘आइएम सरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हाल अध्ययनको सिलसिलामा अष्ट्रेलियामा रहेका हिरकले आफ्नै बुबाको शब्द र संगीतमा करिब दुई वर्षअघि नै गीत रेकर्ड गराएको भए पनि म्युजिक भिडियो भने हालै मात्र सार्वजनिक गरेका हुन् । ‘आइएम सरी’ बोलको गीतको म्युजिक भिडियोमा रुक्शा शर्माका साथमा हिरक आफैले अभिनय गरेका छन् ।

२०७४ भदौ २५ गते ०७:३८ मा प्रकाशित
73 पटक पढिएको

प्रतिक्रिया दिनुहोस