जापानी निर्देशकको 'माइ लभ'को साइत मंसिर १५ लाई जुर्यो
आइतबार, २५ भदौ २०७४
जापानी निर्देशकको 'माइ लभ'को साइत मंसिर १५ लाई जुर्यो

काठमाडौं । फिल्म शिरिषको फूलका जापानी निर्देशक डा तोसिआकी इतोहले निर्देशन गरेको नयाँ फिल्म माई लभआउँदो मंसिर १५ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति र प्रिमियरको विषयमा जानकारी दियो ।  

फिल्म महानगरपालिकासँग सम्बन्धित रहेकोले काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग र फिल्म क्रियशन नेपालको आयोजनामा राष्ट्रिय सभागृहमा सोमवार माई लभको प्रियिमर गरिने निर्देशक तोसिआकीले जानकारी दिए । निर्देशक डा तोसिआकीको फिल्म शिरिषको फूलले नेपालमा नेशनल अवार्ड जितेको थियो ।

पत्रकार भेटघाटमा फिल्मको बारेमा जापानबाट आएका जापानिज कलाकारहरुले पनि आफ्ना विचार राखेका थिए । बैशाख १२ गते गएको विनाशकारी भुकम्पको सेरोफेरोमा फिल्म निर्माण भएको हो । क्रियशन नेपालको निर्माणमा बनेको माई लभमा जापानबाट युईची हायदा, रिवोन मिजुतानी, सुईतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गणेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी सिंह, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबि लिम्बु लगायतका कलाकारहरुको मूख्य भुमिका रहेको छ ।

फिल्ममा गौरी शंकर धुजुको छायांकन, दिनेश सुनामको संगीत, जापानी चलचित्रकर्मी थाक मिया मोतोको भिएफएक्स रहेको छ । विशेष गरि काठमाडौं महानगरभित्र भुकम्पपछिको अस्तव्यस्ततालाई फिल्मले चित्रण गर्न खोजेको छ । जापानिज भाषामा निर्माण भएको फिल्मलाई नेपाली भाषामा डब गरिएको छ । नेपालमा प्रदर्शन हुँदा नेपाली र जापानमा प्रदर्शन हुँदा जापानिज भाषामा ुमाई लभु प्रदर्शन हुनेछ । नेपालमा माई लभको सम्पूर्ण व्यवस्थापन गणेश लामाले गरेका हुन् ।

२०७४ भदौ २५ गते १८:१४ मा प्रकाशित
37 पटक पढिएको

प्रतिक्रिया दिनुहोस