सेयर कारोबारमा दोहोरो गिरावट, काराेबार रकम पनि घट्यो
मङ्गलबार, २७ भदौ २०७४
सेयर कारोबारमा दोहोरो गिरावट, काराेबार रकम पनि घट्यो

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो गिरावट आँउदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१ दशमलव ६ अंकले घटेर परिसूचक १ हजार ५ सय २ दशमलव २० अंकमा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव ३१ अंकले घटेर ३ सय १५ दशमलव ३६ विन्दुमा पुगेको छ ।

यो दिन १ सय ५३ कम्पनीको १० लाख ७० हजार ५६ करोड ९८ लाख ४३ हजार १ सय ३० रपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै भन्दा बढी बिमा समूहको परिसूचक १ सय ८५ दशमलव १ अंकले घटेको छ ।

बैंकिङ समूहको परिसूचक १८ दशमलव १४, होटेल समूहको ४२ दशमलव ५३, विकास बैंक समूहको २९ दशमलव ८२, जलविद्यूत समूहको परिसूचक १५ दशमलव ५७, वित्त समूहको परिसूचक १४ दशमलव ९ र अन्य समूहको परिसूचक २ दशमलव ६१ अंकले ओरालो लागेको छ ।

२०७४ भदौ २७ गते १९:०१ मा प्रकाशित
18 पटक पढिएको

प्रतिक्रिया दिनुहोस