दाजुको अपहरण गरेर ३२ लाख फिरौती मागियो, भाइसहित तीन पक्राउ
मङ्गलबार, २७ भदौ २०७४
दाजुको अपहरण गरेर ३२ लाख फिरौती मागियो, भाइसहित तीन पक्राउ

प्रकाश डोटेल
स्याङ्जा । नाताले दाजु पर्नेलाई अपहरण गरी फिरौती माग्ने अपहरणकारकारी भाइसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका ५ बस्ने ३८ वर्षीय जनुरद्धिन मियाँलाई अपहरण गरी फिरौती माग्ने उनका भाइ पर्ने मोहबिनदिन मियाँसहित तीनजनालाई स्याङ्जाको गल्याङ प्रहरीले प्रक्राउ गरेको हो ।

जनुरद्दिनलाई अपहरण गरी ३२ लाख ५० हजार फिरौती माग्दै कुटपिट गर्ने मोहबिनदिन कान्छा बुवाको छोरा भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गल्याङ् नगरपालिका २ का ४० वर्षिय मोबिनद्दिन मियाँसँगै कालीगण्डकी गाउँपालिका ६ का २४ वर्षीय सुन्दरप्रसाद अधिकारी र वर्ष २७ का सन्तोष श्रेष्ठ रहेका छन् । अपहरणकारीले चप्पल जुत्ता ब्यापारी मियाँलाई अपहरण गरेर फिरौती माग्दै यातना दिएका थिए । कुटपिटटबाट घाइते बनाएपछि अपहरणकारीले नै उनलार्इ गल्याङ अस्पतालमा उपचारका लागि लगेका थिए ।
 
घाइते अवस्थामा रहेका जनुरद्दिन मियाँले चिकित्सकलाई आफुलाई अपहरित भएर कुटार्इ खाएको भन्दै प्रहरीलाई खबर गरीदिन अनुरोध गरेका थिए । पीडित जनुरद्दिनले अपरणकारीको आँखा छली नर्शको पेन गोप्य रुपमा मागेर शौचालय गई लेखेको कागज चिकित्सकलाई दिएपछि अस्पतालबाट प्रहरीले खबर पाएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका मियाँले अस्पतालमा लैजान आग्रह गर्दै फिरौती रकम दिन्छु भनेपछि अपहरणकारीले अस्पताल लगेको मियाँको भनार्इ छ ।
 
अस्पतालको सूचनाको आधारमा गल्याङ अस्पतालबाट मियाँलाई अपहरणमुक्त गरिएको प्रहरीले जनाएको छ । पक्राउ तीनैजनालाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ । प्रहरीले पीडित मियाँको बा. ८ च. ३५६२ नं. को कार र उनकै कारभित्र अपहरणकारीको कालो झोलाभित्र ३ थान खुकुरी, कालो रङको फलामको पन्चिङ १ थान, ड्रिल मेसिनको ड्रिप जस्तो देखिने फलामको ६ ईन्च लामो १ थान फेला परेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक चिन कपुर गुरुङले जानकारी दिए ।
 
अपहराणकारीलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा सुन्दरप्रसाद अधिकारीको मोबाइलमा घाइते जनुरदिन मियाँलाई अपहरण गरी बन्दक बनाई बाँधेर कुटपिट गरी फिरौती माग गरेको भिडियो रेकर्ड फेला परेको प्रहरीले जनाएको छ ।
 
अपरहणकारीले प्रयोग गरेको लु. १७ प. ९४३१ नं साईन, र  लु. २२ प. १४१२ नं. को पल्सर मोटरसाइकल समेत प्रहरी नियन्त्रणमा छ । पीडितपक्षले घटना सम्बन्धमा शरिर अपहरण, बन्दक तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेपछि पक्राउ परेका तिनै जनालाई अदालतबाट म्याद थपगरि आवश्यक अनुसन्धान शुरु गरेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

२०७४ भदौ २७ गते १९:१४ मा प्रकाशित
415 पटक पढिएको

प्रतिक्रिया दिनुहोस