एशिया कप पूर्वी क्षेत्रीय छनोटमा आज नेपाल र भुटान भिड्दै
बुधबार, २८ भदौ २०७४
एशिया कप पूर्वी क्षेत्रीय छनोटमा आज नेपाल र भुटान भिड्दै

काठमाडौं । एशिया कप पूर्वी क्षेत्रीय छनोटमा च्याम्पियन बन्दै छनोट हुने लक्षय लिएको नेपालले आज आफ्नो दोस्रो खेलमा भुटान विरुद्ध प्रतिष्पर्धा गर्दैछ । थाइल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालले फराकिलो जितका साथ प्रभावशाली प्रदर्शनको शुरुवात गरेको थियो ।

भुटानभन्दा निकै प्रभावशाली मानिएको नेपालका लागि भुटानलाई पनि सहज रुपमा पराजित गर्दै आफ्नो दाबेदारी बलियो बनाउने मौकाका रुपमा यो खेललाई हेरिएको छ । जारी खेलमा समूह ‘ए’ मा रहेको नेपाल २ अंकका साथ समूहको दोस्रो स्थानमा छ । नेपालले समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर १४ तारिखमा सिंगापुरविरुद्ध खेल्नेछ ।

सिंगापुर समूहको शीर्ष स्थानमा छ । छनोटको समूह बी मा भारत, मलेसिया, हङकङ र म्यानमार छन् ।

२०७४ भदौ २८ गते ०८:२८ मा प्रकाशित
72 पटक पढिएको

प्रतिक्रिया दिनुहोस