आज जितिया पर्व, भोजपुरी, मैथिली, राजवंशी र थारु समुदायले मनाउँदै
बुधबार, २८ भदौ २०७४
आज जितिया पर्व, भोजपुरी,  मैथिली, राजवंशी र थारु समुदायले मनाउँदै

काठमाडौं । मैथिली, भोजपुरी, राजवंशीका साथै थारु समुदायले आज विशेष महत्वका साथ सन्तानको स्वास्थ्य र दीर्घायुको कामना गर्दै जितिया पर्व मनाउँदैछन् । आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म तीन दिन मनाइने यो पर्वको पहिलो दिन नहाई खाई अर्थात नुहाएर खाने दिनका रुपमा लिइन्छ । दोश्रो दिन जीवित पुत्रीका दिन अर्थात खर दिन पनि भनिन्छ र तेश्रो दिनलाई परान भनिन्छ ।

यो पर्वमा ब्रतालु आमाहरुले स्नान गरी चोखो हुने र तिथिको उत्तराद्र्धको समयमा ‘ओटघन’ गरी अष्टमी तिथिको आगमन हुनासाथ ब्रतको शुभारम्भ गर्छन् । ब्रतालुले सप्तमी तिथिको उत्तराद्र्धमा भोजन गर्छन, त्यसलाई ‘ओटघन’ भनिएको हो । आमाहरुले आफ्ना सन्तानको रक्षाका लागि जितिया ब्रत शुरु भएको जनविश्वास रहिआएको छ ।

२०७४ भदौ २८ गते ०९:३५ मा प्रकाशित
69 पटक पढिएको

प्रतिक्रिया दिनुहोस