च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्ससँग बार्सिलोनाको बदला, ३–० गोलले विजयी
बुधबार, २८ भदौ २०७४
च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्ससँग बार्सिलोनाको बदला, ३–० गोलले विजयी

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३–० गोलले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले खेलको ४५ औँ र ६९ औँ मिनेटमा गोल गरे । यस्तै, इभान र्याकिटिकले खेलको ५६ औँ मिनेटमा गोल गरे । गएको सिजनको फाइनलसम्म पुगेको युभेन्टसमाथि बार्सिलोना हाबी देखिएको थियो । च्याम्पियन्स लिगको समूह चरणमा सन् २००९ मा बायर्न म्यूनिखसँग ४–१ ले हारेपछि युभेन्टसले गएराती बार्सिलोनासँग फराकिलो अन्तरले हार ब्यहोरेको हो ।

यस्तै, गएराती भएको अर्को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सेल्टिकलाई ५–० ले पराजित गर्दै नयाँ सिजनमा समूह बी बाट विजयी सुरुवात गरेको छ । पीएसजीका लागि १९ औं मिनेटमा नेइमारले गोल गरे भने केलियनले ३४ मिनेटको अर्को गोल थपे ।

एडिसन क्याभिनीले पेनाल्टीमार्फत ४० औं मिनेटमा गोल गरे भने ८५ औं मिनेटमा अर्को गोल थपे । माइकल लस्टिगले खेलको ८३ औं मिनेटमा अर्को गोल गरेपछि पीएसजी ५–० ले विजयी भयो । गएराती चार समूहबाट  दुई दुई खेल भएका थिए ।

२०७४ भदौ २८ गते ०९:५६ मा प्रकाशित
90 पटक पढिएको

प्रतिक्रिया दिनुहोस