कुर्सीको लडाइँले राप्रपा प्रजान्त्रिक फुटको संघारमा
बुधबार, २८ भदौ २०७४
कुर्सीको लडाइँले राप्रपा प्रजान्त्रिक फुटको संघारमा

-राधिका जोशी
काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुटेर एक महिना अघि बनेको राप्रपा प्रजातान्त्रिकभित्र कुर्सीको लडाइँले भाँडभैलो मच्चिएको छ । पार्टी अध्यक्ष पशुपति शमशेर राणाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा तीनजना नेताहरुलाई पठाएपछि पूर्वराप्रपा नेपाल खेमाका नेताहरु असन्तुष्ट बनेका हुन् ।

‘पदको लोभ र पैसाको धाक देखाएर राणाले पार्टी फुटाएरै छाडे’, असन्तुष्ट एक नेताले भने, ‘फुटाएर लगेकालाई सन्तुष्ट पार्नुको साटो राणाले आफ्नालाई मात्रै भागबन्डा गरिरहेका छन् ।’ पूर्व राप्रपा नेपाल खेमाकी एकजना महिला सांसदले आश्वासन दिएर अहिले राणले विश्वासघात गरेको बताइन् । ‘विभिन्न आश्वासन दिँदै हामीलाई फुटाएर लगियो, तर अहिले राणाबाट हामाीलाई विश्वासघात भएको छ’

अध्यक्ष राणाले ‘हाइ लेभल’मा सहमति गरी तीन नेताहरु दीपक बोहरा, विक्रम पाण्डे र सुनील थापालाई शेरबहादुर नेतृत्वको सरकारमा पठाएपछि पार्टीभित्र चुलिएको असन्तुष्टिले पार्टी नै फुटको संघारमा पुगेको छ । हाल राप्रपा प्रजातान्त्रिकको पक्षमा रहेका १८ सांसदमध्ये पूर्वराप्रपा खेमाका ६ जना सांसदसहितका अन्य १२ जना नेता राणासँग असन्तुष्ट छन् ।

‘पदको लोभ र पैसाको धाक देखाएर राणाले पार्टी फुटाएरै छाडे’, असन्तुष्ट एक नेताले भने, ‘फुटाएर लगेकालाई सन्तुष्ट पार्नुको साटो राणाले आफ्नालाई मात्रै भागबन्डा गरिरहेका छन् ।’ पूर्व राप्रपा नेपाल खेमाकी एकजना महिला सांसदले आश्वासन दिएर अहिले राणले विश्वासघात गरेको बताइन् । ‘विभिन्न आश्वासन दिँदै हामीलाई फुटाएर लगियो, तर अहिले राणाबाट हामाीलाई विश्वासघात भएको छ’, ती सांसदले भन्नुभयो ।

उहाँले सरकारमा महिला सहभागितालाई जोड दिँदादिँदै आफूहरुको कुरा नुसनिएको बताउनुभयो । ‘संसदीय दलको नेतामा पनि नयाँ पुस्तालाई अवसर दिनुपर्छ भनेका थियौँ, तर कुरै सुनिएन’, ती महिला सांसदका अनुसार अहिले असन्तुष्ट पक्षका ६ जना सांसदसहित १० जनाले राप्रपा प्रजान्त्रिकबाट सामुहिक राजिनामा दिने तयारी गरेका छन् । नयाँ पार्टी निर्माणमा सहयोग गरे पनि सरकारमा जाने बेलामा मनपरी भएको भन्दै रामकुमार सुब्बा, सयन्द्र बान्तवा, राज्यलक्ष्मी श्रेष्ठ, कमल शर्मा, बिराजराज बिष्ट, बबिना लावती र सिता घिमिरेलगायतले सामुहिक राजिनामा दिने बताएका छन् ।

‘हामीलाई जवरजस्ती नचाहिँदा आश्वासन दिएर लोभलालचमा पार्ने नै रेशम लामा हो । मन्त्रीको लालचमा पर्ने नै लामा हो, नत्र हामी पार्टी फुटाउने थिएनौँ, अहिले पछुतो लागेको छ । हो, कमल थापाले पार्टीमा एकलौटी मनोमानी गरेका थिए तर हामी सामुहिक कुरा गथ्र्यौँ,पार्टी टुक्र्याउने थिएनौँ ।’

यस विषयमा पटक पटक पार्टी अध्यक्ष राणासँग भेटेर छलफल गरेपनि अध्यक्षले आश्वासनबाहेक केही नदिएको असन्तुष्ट पक्षको भनाइ छ । मन्त्री बदलेर भएपनि महिला सहभागिता गराउनै पर्ने असन्तुष्ट पक्षको माग छ । तर महिला सहभागिता गराउँदा पनि  विवाद उत्पन्न हुन सक्ने राप्रपा नेपालबाट  गएका असन्तुष्ट पक्षको भनाइ छ । उनीहरु भन्छन्, ‘राणा पक्षका महिलाहरु पनि मन्त्रीका दावेदार छन्, हामी पनि मन्त्री चाहन्छौँ ।’

पूर्व राप्रपा खेमाका सांसदहरु उद्योग राज्यमन्त्री रेशम लामसँगसमेत असन्तुष्ट छन् । उनीहरुले भने, ‘हामीलाई जवरजस्ती नचाहिँदा आश्वासन दिएर लोभलालचमा पार्ने नै रेशम लामा हो । मन्त्रीको लालचमा पर्ने नै लामा हो, नत्र हामी पार्टी फुटाउने थिएनौँ, अहिले पछुतो लागेको छ । हो, कमल थापाले पार्टीमा एकलौटी मनोमानी गरेका थिए तर हामी सामुहिक कुरा गथ्र्यौँ,पार्टी टुक्र्याउने थिएनौँ ।’

दुईजना प्रत्यक्ष निर्वाचितलाई मन्त्री बनाएर एकजना पूर्वराप्रपा पृष्ठभूमिकालाई मन्त्री बनाएको भए नेतृत्वप्रति विश्वास पैदा हुने उनीहरुको भनाई छ । तर कुनै सल्लाह नगरी एकाएक मापदण्ड भन्दै एकपक्षीय मन्त्री छानेकाले आफुहरु रुष्ट भएको उनीहरु बताउँछन् ।

तत्कालिन राप्रपा र राप्रपाबीच एकता भएको ८ महिनापछि सरकारमा सहभागिता, अरु सैद्धान्तिक र वैचारिक मतभेदका कारण गत साउन २२ गते राणाले पार्टी फुटाएका थिए ।  त्यसको २ सातापछि निर्वाचन आयोगबाट उनीहरुले आधिकारिकता पाए । हाल राप्रपा प्रजातान्त्रिकको पक्षमा १८ सांसद रहेका छन् । तीमध्ये ६ सांसद पूर्वराप्रपा खेमाका हुन् । कमल थापासँग पार्टी एकता हुँदा तत्कालिन राप्रपाका १२ सांसद थिए । जसमा बोहरा, पाण्डे र थापा निर्वाचित सांसद हुन् ।

२०७४ भदौ २८ गते ११:२० मा प्रकाशित
5147 पटक पढिएको

प्रतिक्रिया दिनुहोस