नारायणगढ–मुग्लिन सडकखण्डमा चौबिसै घण्टा यातायात सञ्चालन हुने
बुधबार, २८ भदौ २०७४
नारायणगढ–मुग्लिन सडकखण्डमा चौबिसै घण्टा यातायात सञ्चालन हुने

चितवन । बडादशैंको लागि यात्रुहरुलाई सहजताको लागि बुधबारदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा चौबिसै घण्टा यातायात सञ्चालन हुने भएको छ ।

सडक मर्मत सुधारको काम भइरहेकाले वर्षाको बेला पहिरो खस्ने क्रम नरोकिएको भन्दै रातीको समयमा यातायात सञ्चालनमा रोक लगाइँदै आएको थियो । यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा हिजो बेलुका सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ ।

रातभर पहिरो पन्छाएर बिहान १ बजेदेखि सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ । त्यस सडक खण्डमा मंगलबार साँझ साढे ७ बजे चट्टानसहितको पहिरो खसेको थियो ।

२०७४ भदौ २८ गते १२:१७ मा प्रकाशित
54 पटक पढिएको

प्रतिक्रिया दिनुहोस