राष्ट्र बैंकले आजदेखि ल्यायो दशैंका लागि नयाँ नोट
बुधबार, २८ भदौ २०७४
राष्ट्र बैंकले आजदेखि ल्यायो दशैंका लागि नयाँ नोट

काठमाडौं । दशैंको चहलपहल बढ्न थालेसँगै राष्ट्र बैंकले यसपालिको दशैंको लागि आजबाट नयाँ नोट साट्ने व्यवस्था गरेको छ । सरकारी निकाय लगायतकाले बुधबारदेखि र सर्वसाधारणले भने केही दिन पश्चात नयाँ नोट साट्न सक्नेछन् । गएको वर्ष सरकारी बैंकबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको थियो ।

गएको वर्ष सरकारी बैंकमा नोट साट्न जाँदा प्रत्तिव्यक्ति २० हजार रुपैयाँ मात्र नयाँ नोट साट्न पाइएको थियो । बैंकहरुले ५, १०, २०, ५० र १ सय दरका नोट सटही सुविधा दिने भएका छन् ।

२०७४ भदौ २८ गते १२:२४ मा प्रकाशित
87 पटक पढिएको

प्रतिक्रिया दिनुहोस