अमेरिका सिएटलका मेयर एड मुर्रेले दिए राजनिमा
बुधबार, २८ भदौ २०७४
अमेरिका सिएटलका मेयर एड मुर्रेले दिए राजनिमा

एजेन्सी । अमेरिकाको पश्चिम तटिय क्षेत्र सिएटलका मेयर एड मुर्रेले मेयरपदबाट राजिनामा दिएका छन् । उनीमाथि किशोर किशोरीहरूविरुद्ध यौन दुवर््यवहारको आरोप लागेसँगै उनले राजिनामा दिएका छन् ।

उनका आफ्ना भाई जोसेफ डायरले उनीमाथी यौन र्दुव्यवहारको आरोप लगाएको समाचार सिएटल टाइम्समा प्रकाशित भएको कहिबेरमै उनले राजिनामा दिएका हुन् । पत्रिकाले दिएको जानकारीअनुसार जोसेफ डायरले आरोप लगाएको व्यक्तिमा मरे पाँचौ व्यक्ति हुन् । आफूमाथि लागेको आरोप इन्कार गरेका मुर्रेले व्यक्तिगत कुरालाई सार्वजनिक रुपमा हस्तक्षेप गर्न नचाहेको बताएका छन् ।  

आफूविरुद्ध लागेको आरोप सही नभएपनि निजी मुद्धामा यहाँको सिटि सरकारको नियमित काम कारबाहीमा कुनै असर नपरोस भनेर आफुले यस्तो निर्णय लिएको मंगलबार प्रकाशित विज्ञप्तिमा बताएका छन् । उनको राजिनामा आज साँझ ५ बजेबाट लागू हुनेछ ।

समलिंगी विवाह गरेका पूर्व डेमोक्रेटिक राज्यका प्रतिनिधि मुर्रेले यो सबै आफ्नो राजनितिक जीवनलाई दबाउन चलाइएको एक राजनीनितिक अभियान मात्रै भएको बताएका छन् । सिएटल सिटी काउन्सिलका अध्यक्ष समेत रहेका ब्रुस हेरेलले निर्वाचन अघिसम्म मेयरपद सम्हाल्नेछन् ।

 

२०७४ भदौ २८ गते १३:०१ मा प्रकाशित
18 पटक पढिएको

प्रतिक्रिया दिनुहोस