हरेक राजनीतिक विकृतिको सम्वाहक नेपाली कांग्रेसः माधव नेपाल
बुधबार, २८ भदौ २०७४
हरेक राजनीतिक विकृतिको सम्वाहक नेपाली कांग्रेसः माधव नेपाल

श्रवण थापा
सर्लाही । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कुनै पनि राजनीतिक विकृतिको सम्बाहक भनेको नेपाली कांंग्रेस भएको दाबी गर्नु भएको छ ।

चुनावप्रचार प्रसारका लागि सर्लाही पुग्नुभएका नेता नेपालले देशमा भ्रष्टाचार, अराजकता, तथा गलत प्रवृत्तिको प्रोत्साहन गर्ने कार्य काङ्ग्रेसले गरेको आरोप लगाउनुभयो । नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले ५४ जनाको जम्बो मन्त्रीमण्डल गठन गरेर कानुनको उपहास गरेको पनि  जिकिर गर्नुभयो ।

नेता नेपालले २ नम्बर प्रदेशमा पनि एमालेलाई पहिलो पार्टी बन्ने कसैले रोक्न नसक्ने उल्लेख गर्नुभयो । तराईमा पहाडविवरोधी भावना भड्काउने खेल भइरहेको बताउँदै नेता नेपालले रातको समयमा जनतालाई भिडियो देखाएर जनभावना भड्काउने काम भरहेको दाबी गर्नुभयो ।

सामाजिक सद्भाव खल्बल्याउने खेल भइरहँदा समेत निर्वाचन आयोग चुप रहेको भन्दै नेता नेपालले आपत्ति जनाउनु भएको छ । तराई–मधेसका जनताको हरेक दुःखसुखको सारथी नेकपा एमाले मात्र भएको उहाँको भनाई छ । देशको चौतर्फी विकास एमालेकै कारण भएको समेत नेपालले बताउनुभयो ।

२०७४ भदौ २८ गते १३:३५ मा प्रकाशित
236 पटक पढिएको

प्रतिक्रिया दिनुहोस