मकवानपुरमा खसी व्यापारीबाट चार लाख रूपैयाँ लुटियो
बुधबार, २८ भदौ २०७४
मकवानपुरमा  खसी व्यापारीबाट चार लाख रूपैयाँ लुटियो

मकवानपुर । मकवानपुरमा एकजना खसी व्यापारीबाट अज्ञात समूहले चार लाख रुपैयाँ लुटेका छन् । जिल्लाको राक्सीराङमा गोगनेका खसी व्यापारी कृष्णप्रसाद कालीदासबाट ४ लाख २ हजार रुपैयाँ र एउटा मोबाइल फोन लुटिएका हो ।

लुटपाटका क्रममा व्यापारी कालिदास घाइते पनि भएका छन् । उनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

२०७४ भदौ २८ गते १५:३२ मा प्रकाशित
50 पटक पढिएको

प्रतिक्रिया दिनुहोस