सुर्खेतमा स्वाइन फ्लुबाट एकको मृत्यु, ४२ बिरामी शंकास्पद
बुधबार, २८ भदौ २०७४
सुर्खेतमा स्वाइन फ्लुबाट एकको मृत्यु, ४२ बिरामी शंकास्पद

सुर्खेत । सुर्खेतमा स्वाइन फ्लुबाट संक्रमित एक बिरामीको भारतको लखनउमा मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका–९ का ५८ वर्षीय नन्दलाल डाँगीको उपचारको क्रममा लखनउमा मृत्यु भएको हो । डाँगीको स्वाइन फ्लुबाटै मृत्यु भएको पुिष्ट रोग नियन्त्रण महाशाखा काठमाडौँबाट सुर्खेत आएको टोलीले गरेको छ ।

सुर्खेतमा उनको उपचार हुन नसकेपछि थप उपचारको लागि भारत रिफर गरिएका डाँगीको मृत्यु भएको सहारे स्वास्थ्य चौकीका इन्चार्ज किरण ओलीले जानकारी दिए । उनले थप एकजनामा स्वाइन फ्लु भेटिएको पुष्टि भएपछि उपचारका लागि काठमाडौँको टेकुस्थित शुक्रराज टफिकल तथा सरुवा रोग अस्पताल पठाइएको बताए ।

काठमाडौँबाट रोग नियन्त्रण महाशाखा र विश्व स्वास्थ्य सङ्गठनका डा. किरण चौलागाईँको टोली सहारे आएको थियो । सोही टोली स्वाइन फ्लुबाटै डाँगीको मृत्यु भएको पुष्टि गरेको हो ।

इन्चार्ज ओलीका अनुसार सहारे स्वास्थ्य चौकीमा हाल ४२ जना संकास्पद विरामीहरुको उपचार भइरहेको छ । महामारीको रूपमा रोग फैलन नदिन सजकता अपनाएको ओलीको भनाई छ । उनले गम्भीर प्रकृतिका बिरामी भएमा तत्काल काठमाडौँ लैजाने गरी प्रबन्ध मिलाएको बताए । तत्काल स्वाइन फ्लुका बिरामीका लागि आवश्यक औषधी समेत मौज्दात अवस्थामा राखिएको उनको भनाई छ ।

 

२०७४ भदौ २८ गते १६:०० मा प्रकाशित
45 पटक पढिएको

प्रतिक्रिया दिनुहोस