'मेड इन पाकिस्तान' प्रदर्शनी राजधानीमा सुरु
बुधबार, २८ भदौ २०७४
'मेड इन पाकिस्तान' प्रदर्शनी राजधानीमा सुरु

काठमाडौँ । पाकिस्तानमा निमिर्त विभिन्न सामग्रीको आठौँ संस्करणको प्रदर्शनी राजधानीको त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा शुरु भएको छ । ‘मेड इन पाकिस्तान’ प्रदर्शनीमा विशेषगरी छालाबाट निर्माण भएका ज्याकेट, पर्स, पेटी र पाइन्टका साथै हस्तकलाका सामग्रीलगायत रहेका छन् ।

प्रदर्शनी उद्घाटन गर्दै वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले नेपाल र पाकिस्तानबीच दौत्यसम्बन्ध अझ विस्तार गर्न प्रदर्शनीले सहयोग मिल्ने बताउनुभयो । उहाँले दुई देशले व्यापार प्रवद्र्धनलाई बढाउनुपर्ने धारणा राख्नुभयो ।

प्रदर्शनीको उद्घाटन गर्दै नेपालका लागि पाकिस्तानका राजदुत मज्हर जावेदले यो मेलाले नेपाल र पाकिस्तानको सम्बन्ध विस्तारमा सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले यस्तो मेला हरेक वर्ष आयोजना गर्नु पर्ने बताउनुभयो । दक्षिण एसियामा नेपाल गरिबीको रेखामुनी रहेको भन्दै यसलाई माथी उठानउ जरुरी रहेको धारणा राख्नु भयो ।

नेपाल र पाकिस्तानबीचको आपसी सम्बन्ध तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको प्रदर्शनीमा ५२ स्टल रहेका छन् । प्रदर्शनी सात दिनसम्म चल्ने छ ।

२०७४ भदौ २८ गते १७:२७ मा प्रकाशित
52 पटक पढिएको

प्रतिक्रिया दिनुहोस