निरत्नर ओरालो लाग्दै सेयर बजार
बुधबार, २८ भदौ २०७४
निरत्नर ओरालो लाग्दै सेयर बजार

काठमाडौं । निरन्तर ओरालो लाग्दै आएको सेयर बजार ९ अंकले घटेर नेप्से परिसूचक १ हजार चार सय ९३ दशमलव २० अंकमा पुगेको छ ।

बुधबारको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ४ अंकले घटेर ३ सय १३ दशमलव ३२ अंकमा पुगेको छ । यो दिन १ सय ६० कम्पनीको १२ लाख ७७ हजार पाँच सय ५४ कित्ता सेयर ६३ करोड ६९ लाख ८९ हजार ७१ रुपैयाँको सेयर किनबेच भएको छ ।

बुधबारको सेयर कारोबारमा होटेल, जलविद्यूत, वित्त र बिमा समूहको परिसूचक उकालो लागेका छन भने बैंकिङ, विकास बैंक, उत्पादत तथा प्रशोधन समूहको परिसूचक ओरालो लागेका छन् ।

होटेल समूहको परिसूचक १० दशमलव ७४, जलविद्यूत समूहको १२ दशमलव ४७, वित्त समूहको ९ दशमलव ७१ र बिमा समूहको परिसूचक ८ दशमलव ९१ अंकले बढेको छ ।

यस्तै बैंकिङ समूहको ११ दशमलव २६, विकास बैंक २४ दशमलव ५,उत्पादन तथा प्रशोधन २२ दशमलव ६३ र अन्य समूहको परिसूचक ६ दशमलव ८ अंकले घटेको छ ।  

यो दिन नेपाल इन्भेष्टमेन्ट बैंकको ३ करोड ३१ लाख २६ हजार ७ सय ९५ रपैयाँ, जनता बैंकको २ करोड ३५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड १९ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

२०७४ भदौ २८ गते १८:४१ मा प्रकाशित
40 पटक पढिएको

प्रतिक्रिया दिनुहोस