मेगा बैंकले जारी गर्यो ६५ प्रतिशत हकप्रद सेयर
बुधबार, २८ भदौ २०७४
मेगा बैंकले जारी गर्यो ६५ प्रतिशत हकप्रद सेयर

काठमाडौं । मेगा बैंकले सेयरधनीका लागि हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

बैंकले मंगलबारबाट ६५ प्रतिशत हकप्रद सेयर जारी गरेको मेगा बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिसेयर एक सय रुपैयाँका दरले २ अर्ब ९७ करोड ८५ लाख ३ हजार चार सय ६३ रुपैयाँ बराबरको २ करोड ९७ लाख ८५ हजार ३४ दशमलव ३३ कित्ता सेयर निष्काशन गर्न लागेको हो । आगामी असोज ३० गतेसम्म आफूलाई पायक पर्ने मेगा बैंकका शाखा र नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको नक्सालस्थित कार्यालयमा आवेदन दिन सक्नेछन् ।्
 
मेगा बैंकको गत साधारण सभाले बोनस सेयरका लागि लाग्ने कर समेत गरी १३ दशमलव ९५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । बैंकका सेयरधनीहरुले १३ दशमलव २५ प्रतिशत बोनस सेयर र त्यसको करका लागि प्रतिशेयर शून्य दशमलव ७० प्रतिशत नगद लाभांश प्राप्त गरिसकेको जारी विज्ञप्तिमा उल्लेख छ ।

हकप्रद सेयर र गत आर्थिक बर्षसम्मको मुनाफाबाट वितरणयोग्य रकम समेत गरी मेगा बैंकको चुक्ता पुँजी ८ अर्ब भन्दा बढी पुग्ने बैंकले जनाएको छ । मेगा बैंकले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको थियो ।

२०७४ भदौ २८ गते १९:०२ मा प्रकाशित
43 पटक पढिएको

प्रतिक्रिया दिनुहोस