‘नयाँ ढंगबाट पर्यटन गन्तव्यको प्रवर्द्धन गर्नुपर्छ’
बुधबार, २८ भदौ २०७४
‘नयाँ ढंगबाट पर्यटन गन्तव्यको प्रवर्द्धन गर्नुपर्छ’

काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजालले विगतको कमी कमजोरीलाई सच्याउँदै नयाँ ढंगबाट पर्यटन गन्तव्यको समन्वयात्मक रुपमा प्रवद्र्धन गर्नु पर्ने बताउनु भएको छ ।

‘मौखिक सहकार्यभन्दा पनि कार्यगत एकता र पारदर्शी काम गर्नु पर्ने आजको आवश्यकता भएको उहाँको भनाई छ । टान ले नेपाल पर्वतारोहण संघ(एनएमए) र नेपाल ¥याफ्टिङ एसोसिएसन (नारा) का नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन आयोजित कार्यक्रममा यस्तो बताउनु भएको हो ।

अध्यक्ष रिजालले भन्नुभयो,‘टान र एनएमएको सहकार्य र सम्झौताले आगामी दिनमा नेपालको पर्यटन क्षेत्रमा फरक बाटो तय गर्ने छ ।’कार्यक्रममा टानका नवनिर्वाचित अध्यक्ष सन्तबीर लामाले दुवै संस्थाहरु नेपालको पदमार्गसँगै पर्वतीय

पर्यटनका लागि एक अर्कामा अन्तरनिहित संस्था भएको बताउनु भयो । एनएमए अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्ने आधिकारिक संस्था भएका कारण टानको पर्यटन प्रवद्र्धनको कार्यक्रममा साझेदारी गर्न तयार रहेको अध्यक्ष लामाको भनाई छ ।  

नाराका नवनिर्वाचित अध्यक्ष अध्यक्ष निम बहादुर मगरले ¥याफ्टिङको क्षेत्रमा टानसँग अनिवार्य सहकार्य हुने बताउनु भयो । ‘जलयात्रा गर्नका लागि पहिलो ट्रेकिङ रुट हो । ट्रेकिङ रुटविना जलयात्रा सम्भव छैन,’ उहाँले भन्नुभयो,‘जल यात्राको प्रवद्र्धन ट्रेकिङ एजेन्सिज्बाट नै हुन्छ ।’

२०७४ भदौ २८ गते १९:२० मा प्रकाशित
44 पटक पढिएको

प्रतिक्रिया दिनुहोस