पोर्चुगलको लिस्बनमा नेपालीबाटै छुरा हानेर नेपाली युवाको हत्या
बुधबार, २८ भदौ २०७४
पोर्चुगलको लिस्बनमा नेपालीबाटै छुरा हानेर  नेपाली युवाको हत्या

पर्वत । पर्वतको मजुवा घर भएका एकजना युवको पोर्चुगलमा छुरा हानेर नेपालीबाटै हत्या गरिएको छ । पोर्चुगलको राजधानी लिस्वनमा मंगलबार राति हत्या गरिएका ती युवाको नाम भने अझै खुलाइएको छैन ।

उनलाई धादिङ घर भएका नेपालीले छुरा हानेर हत्या गरेको सुरूवाती अनुसन्धाले पुष्टि गरेको छ । छुरा प्रहरबाट एक अर्का नेपाली पनि घाइते भएका छन् ।

राजधानी लिस्वनको क्याम्पे पिकान्तेस्थित सडकमा नेपालीले नै उनीहरूमाथि छुरा हानेका थिए । सडकमा छुरा प्रहार गरी नेपलाी युवाको हत्या गरिएको पोर्चुगल प्रहरीलाई उधृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन ।

मृतक नेपाली युवा चिनियाँ नागरिकको रेष्टुरेष्टमा काम गर्दै आएका थिए। यो घटनामा दाजुको घटनास्थलमै ज्यान गएको छ भने सामान्य घाइते भाइ भएका भाइको सान्तामारा अस्पतालमा उपचार भइरहेको छ। उनी उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। घटनास्थल पुगेका एनआरएन पोर्चुगलका निर्वतमान अध्यक्ष भीमकमल केसीले पनि यो घटनााको पुष्टि गरेका छन् ।

२०७४ भदौ २८ गते २२:०७ मा प्रकाशित
66 पटक पढिएको

प्रतिक्रिया दिनुहोस