अब बाँच्दैन भनेको १६ वर्ष भईसक्दा पनि समाजसेवामै
शनिबार, २८ फागुन २०७३
अब बाँच्दैन भनेको १६ वर्ष भईसक्दा पनि समाजसेवामै

‘बाँचुन्जेल आफूजस्तै समस्यामा परेकाको हितमा काम गर्ने चाहना छ । थाहा छैन कति सक्छु ? जतिदिन सक्छु, हाँसेर सक्रिय हुन्छु, रोएर के नै हुन्छ र ?’

–दयावती सेढाइँ, अध्यक्ष, शक्ति मिलन समाज

एचआइभी संक्रमितमा पनि बाँच्ने चाहना हुन्छ  । जस्तो दयावतीलाई पनि थियो । अनि को चाहन्छ र श्रीमानको काख गुमाउन । तर, जीवन सोचेजस्तो बनेन । वर्षेनी सन्तान खेर जाने समस्या अनि र श्रीमानमा बढ्दै गएको लागुपदार्थको दुव्र्यसन । दयावतीको मन भत्भती पोल्थ्यो । फेरि एकदिन डाक्टरले भने, ‘तपाईंको श्रीमानलाई एड्स भएको छ, दुईचार दिन भन्दा बढी बाँच्दैनन् ।’ एड्सबारे सुन्दै नसुनेको मान्छेलाई त्यसैका कारण श्रीमान नै मर्दैछन् भन्ने खबरले कति बज्रपात प¥यो होला,’ दयावती सम्झिन्छिन्, ‘पति मात्र होइन, मेरै पनि मृत्यु हुँदैछ भनेर डाक्टरले मिति तोकिदिएका थिए ।’ हो, १६ वर्ष पहिला मर्छ भनेको महिला अर्थात् दयावती एचआइभी बोकेर संघर्षको उकालो चढिरहनु भएको छ । डाक्टरका अनुसार त दयावती मरेको यतिखेर १६ वर्ष पुगिसक्थ्यो । त्यतिमात्र होइन, आफूजस्तै संक्रमित १ सय ४० महिला संगठित गरेर शक्ति मिलन समाजमार्फत  दयावती अरुको घाउमा मल्हम लगाउँदै हुनुहुन्छ ।

‘सुधार केन्द्रबाट घर आउनु भएपछि श्रीमान झन दुव्र्यसनी हुनुभयो,’ दयावती भन्नुहुन्छ, ‘धेरै बाँच्ने होइन किन नखानु भन्दै उहाँ निरास हुनु भयो ।’ ‘रोक्ने प्रयास पनि गरिनँ,’ सुनाउनु भयो, ‘बल्लबल्ल बाँचेको काखको छोरा, बूढी सासु अनि घरधन्दा आइलाग्दैथियो, अत्यास लाग्थ्यो, कसरी घर चलाउनु ?’ केही दिनमा दयावतीका श्रीमान बित्नु भयो । ‘अब मृत्यु कुर्नुबाहेक विकल्प थिएन,’ दयावतीले भन्नु भयो, ‘शरीर गल्दै थियो, तीन चार वर्ष बाँच्न पाए छोरालाई मागेर खान सक्ने बनाउन सक्थेंँहुलाँ भन्ने लाग्थ्यो ।’

‘एचआइभी भएको सुन्दा खासै दुःख लागेन जति दुःख श्रीमानलाई भएको थाहा पाउँदा लाग्यो,’ दयावती भन्नुहुन्छ, ‘ठमेलको होटलमा काम गर्नु हुन्थ्यो, त्यहीँबाट लागुपदार्थ सेवन गर्न थाल्नु भएछ, अक्सर घरबाहिर बस्ने हुँदा लत बढ्दै गएर दुव्र्यसनी नै हुनुभएछ, सुधार केन्द्रमा राख्दा थाहा भयो उहाँमा एचआइभी संक्रमण भइसकेछ ।’

‘ती दिन सम्झेर झन दुःख लाग्छ,’ दयावतीले सुनाउनु भयो, ‘एचआइभी भएपछि उहाँले निकै दुव्र्यवहार भोग्नु प¥यो ।’ सेनाको सुधार केन्द्रमा राखिएका पनि श्रीमान त्यतिखेर ‘एड्स’ भएकै पीडित त हुनु भयो नै, मलाइसमेत छाँगाबाट झारेजसरी भनियो, दुईचार दिन बाँच्ने भनेर ।’

उहाँले काम गर्ने होटलको मालिकले भने, ‘भाउजु तपाईंले पनि रगत जचाउनु प¥यो ।’ रगत जचाएँ पनि । रिपोर्ट दिइएन । तर उनीहरुको हाउभाउले शंका भइसकेको थियो संक्रमण छिरिसक्यो भनेर । सामान्यरुपमा लिएँ ।

‘मर्ने कुराले कसलाई चिन्ता लाग्दैन र,’ दयावती ती दिन सम्झनुहुन्छ, ‘सँगै मर्ने सँगै बाच्ने कसम खाएका थियौँ, बाचा पूरा हुने भयो भन्ने लाग्यो ।’ अनि उहाँको हेरविचारमै समय बित्न थाल्यो ।

‘सुधार केन्द्रबाट घर आउनु भएपछि श्रीमान झन दुव्र्यसनी हुनुभयो,’ दयावती भन्नुहुन्छ, ‘धेरै बाँच्ने होइन किन नखानु भन्दै उहाँ निरास हुनु भयो ।’ ‘रोक्ने प्रयास पनि गरिनँ,’ सुनाउनु भयो, ‘बल्लबल्ल बाँचेको काखको छोरा, बूढी सासु अनि घरधन्दा आइलाग्दैथियो, अत्यास लाग्थ्यो, कसरी घर चलाउनु ?’ केही दिनमा दयावतीका श्रीमान बित्नु भयो । ‘अब मृत्यु कुर्नुबाहेक विकल्प थिएन,’ दयावतीले भन्नु भयो, ‘शरीर गल्दै थियो, तीन चार वर्ष बाँच्न पाए छोरालाई मागेर खान सक्ने बनाउन सक्थेंँहुलाँ भन्ने लाग्थ्यो ।’

‘समयमा औषधि खाएर स्वास्थ्यको ख्याल गर्ने हो भने संक्रमित भएर पनि धेरै समय बाँच्न सकिन्छ,’ दयावती भन्नुहुन्छ, ‘छोरालाई चार वर्ष बचाएर माग्ने बनाउन पाए भन्ने सोच्थेँ । आज छोरा १२ मा पढ्छ । त्यतिखेरै मर्छ भनेको मान्छे नातिनातिनाको पनि अनुहार देख्न पाउला भन्ने आसामा बाँचिरहेको छ ।’

वृद्धा सासुको हेरचाह, कोठा भाडा र छोराको दायित्व । श्रीमान बितेपछि दयावतीका दुःख झन थपियो । साह्रै बिरामी परेपछि दाजु भाउजुले टेकु अस्पताल लैजानु भयो । अस्पतालमा ठीक हुने घर पुगेपछि फेरि उस्तै । एकदिन भनेँ, ‘श्रीमान एड्स भएर बित्नुभयो, मलाई पनि हुनसक्छ ।’ डाक्टरहरुले भने, ‘त्यसो भए तपाईंलाई पनि होला । रगत जाँचौँ ।’ मलाइ त थाहा थियो परिवारलाई पनि थाहा दियो रिपोर्टले ।

‘औषधि खाने पैसा पनि थिएन,’ दयावती भन्नुहुन्छ, ‘महिनाको साठी हजार रुपैयाँसम्म लाग्ने ।’ दुई वर्षसम्म पैसा नहुँदा दयावतीको अनुहार कालो भएको थियो । ‘औषधि खाएको १४ वर्ष भयो,’ दयावती भन्नुहुन्छ, ‘औषधि खान पाइएको भए त श्रीमान पनि बाँच्नुहुन्थ्यो कि !’

‘२०६१ मा शक्ति समूहबारे थाहा पाएँ । बेचबिखनमा परेका महिलासँगै एचआइभी पोजेटिभका हितमा काम गर्ने रहेछ संस्थाले । संस्थाको सदस्य बनेँ,’ दयावतीले सुनाउनु भयो, ‘पछि १०–१२ जना महिला मिलेर शक्ति मिलन समाज नै बनायौँ । संस्थामा संक्रमितहरु मात्र छन् । पहिला एक्लै छु जस्तो लाग्थ्यो । समूहमा काम गर्न थालेँ ।’  

‘समयमा औषधि खाएर स्वास्थ्यको ख्याल गर्ने हो भने संक्रमित भएर पनि धेरै समय बाँच्न सकिन्छ,’ दयावती भन्नुहुन्छ, ‘छोरालाई चार वर्ष बचाएर माग्ने बनाउन पाए भन्ने सोच्थेँ । आज छोरा १२ मा पढ्छ । त्यतिखेरै मर्छ भनेको मान्छे नातिनातिनाको पनि अनुहार देख्न पाउला भन्ने आसामा बाँचिरहेको छ ।’
‘२०६१ सालमै डाक्टरले मृत्युको दिन किटान गरेका थिए,’ उहाँले सुनाउनु भयो, ‘ ‘आजको रात कट्दैन भनेका थिए, एड्स बोकेर बाँचेको पनि १६ वर्ष पो भएछ ।’

‘घरभेटीले संक्रमित भएको थाहा पाएर बस्न नदिएका कति उदाहरण छन्,’ दयावती भन्नुहुन्छ, ‘यस्तै समस्या भोगेकाहरु जम्मा भएर अहिले सामुहिकरुपमा सक्रिय छौँ ।’

‘लाज र संकोचले सावधानी नअपनाउँदा समस्या बढेको छ,’ उहाँममा बढेको आत्मविश्वाससहित भन्नुहुन्छ, ‘संक्रमिीले बच्चा जन्माउदाँ संक्रमण नभएको बच्चा जन्माउन सकिने उपाय छन् ।’

‘मैले जस्तो अरुले दुःख भोग्न नपरोस् भनेर भनेर सक्रिय छु,’ दयावती भन्नुहुन्छ, ‘बाँचुन्जेल आफूजस्तै समस्यामा परेकाको हितमा काम गर्ने चाहना छ । थाहा छैन कति सक्छु ? जतिदिन सक्छु, हाँसेर सक्रिय हुन्छु, रोएर के नै हुन्छ र ?’

प्रस्तुतिः चमिना भट्टराई

२०७३ फागुन २८ गते १७:१० मा प्रकाशित
1134 पटक पढिएको

प्रतिक्रिया दिनुहोस