कैलाली बस दुर्घटना अपडेटः २७ घाइते, १५ जना गम्भीर

काठमाडौं । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना७ख २७२३ नंको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवलदार वीरसिंह धामीले जानकारी दिए

उनले घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताउनुभयो । ‘पाँचजनालाई उपचारका लागि एउटा बसमा अत्तरियास्थित पद्मा अस्पतालतर्फ पठाएका छौं ।’ उले भने , ‘गम्भीर घाइतेलाई अस्पतालसम्म लैजान एम्बुलेन्स घटनास्थल आइपुग्दैछन् ।’ दुर्घटनापछि सशस्त्र र प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा खटिएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । वृष– विदेशको काम बन्नेछ । ठूला बडाको साथ मिल्नेछ ।…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

लमजुङ । बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । सडक पहिरोको कारण शुक्रबार अपरान्हदेखि अवरुद्ध भएको हो । मस्र्याङदी गाउँपालिकाको स्याङ्गे,…

काठमाडौं । सरकारले निर्माण क्षेत्रमा लापरवाही गर्नेलाई  कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यस्ताे चेतावनी…