द्वन्द्वपीडितलाई पुनःस्थापना र निःशुल्क स्वास्थ्य

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही कात्तिक चौथो साताबाट १३ जिल्लाका द्वन्द्वपीडित नागरिकका लागि पुनःस्थापना तथा निःशुल्क स्वास्थ्य सेवा शुरु गर्ने भएको छ ।

प्रतिष्ठान जुम्लाको प्रस्तावित परियोजनालाई नेपाल सरकार, शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्ति कोषको सचिवालय बबरमहल काठमाडौंले स्वीकृत गरेसँगै यो सेवा शुरु हुने भएको हो ।

सेवा सञ्चालनका लागि कात्तिक २४ गते शान्ति कोष सचिवालयका कार्यकारी निर्देशक हरिप्रसाद पाण्डे र प्रतिष्ठान जुम्लाका उपकुलपति राजेन्द्रराज वाग्लेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।

परियोजनालाई आगामी २०७५ असार मसान्तसम्ममा सम्पन्न गरिसक्न शनिबारबाट कार्यान्वयन तहमा गएको उपकुलपति वाग्लेले बताउनुभयो ।

सेवा लिने १३ जिल्लाका सबै बिरामीका लागि आउने जाने भाडा र खानलगायत निःशुल्क हुने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको ड्याम फुटेको छ । ड्याम मंगलबार दिउँसो फुटेको हो । ड्याम फुट्दा त्यहाँ कार्यरत…

सप्तरी । जिल्ला भूमिसुधार तथा मालपोत कार्यालय कर्मचारी घुससहित पक्राउ परेका छन् ।  मालपोत कार्यालय नायब सुब्बा कृष्णबल्लभ ठाकुर पक्राउ…

महोत्तरी । जलेश्वर कारागारमा कैदीबन्दी धमाधम बिरामी पर्न थालेका छन् । एकैदिन १ सय ५४ कैदीलाई ज्वरो आएको छ ।…

काठमाडौं । प्रत्येक नाईं श्रमिकलाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायी आन्दोलित भएका छन्…

सप्तरी । भारतसँग सीमा जोडिएको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले जिल्लाको…

काठमाडौं । ललिपुरमा एक युवकले युवतीलाई कोठामा पुर्याइदिने बहानामा बलात्कार गरेका छन् । इलाम घर भई ललिपुरको नख्खुमा बस्दै आएका…