देउसी भैलोको पैसाले ११ जनालाई न्यानो कपडा

पाल्पा । पाल्पा जिल्लाको तानसेनस्थित ‘हाम्रो यात्रा देशैंभर गाईजात्रा भाग–६’ समूह र ‘छमछम कला केन्द्र’, तानसेनले गाईजात्रा प्रशसन तथा देउसी भैलो खेली संकलित रकमबाट असहायलाई न्यानो कपडा वितरण गरेका छन् ।

रिब्दीकोट गाउँपालिका–३, खस्यौलीमा रहेको मेलमिलाप नेत्रहीन अपाङ्ग केन्द्रका ११ जना असहायलाई शनिबार न्यानो कपडा वितरण गरिएको हो ।

गाईजात्रा प्रहशनका संयोजक विजय बम्रेल, निर्देशक श्रवण गोतामे, छमछम कला केन्द्रका प्रोप्राइटर पुरन गाहा, लोक दोहोरी गायक प्रेम लामिछाने मगर, कमल भट्टराईलगायतको सक्रियतामा असहायलाई न्यानो कपडा वितरण गरिएको हो ।

देउसी भैलो तथा गाईजात्रे प्रहशनबाट संकलित रकमबाट सामाजिक काम गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनीहरुले बताएका छन् । असहाय सम्झना थापाले न्यानो कपडा पाएपछि आफूहरुको यस वर्षको जाडो छोपिने बताउनुभयो ।

देउसी भैलो, गाईजात्रा प्रहसन, सांस्कृतिकलगायतका कार्यक्रमबाट संकलित रकम भ्रमण र पिकनिकमै खर्च गर्ने प्रचलन बढिरहँदा यहाँका दुई समूहले अपाङ्ग र असहायलाई न्यानो कपडा वितरण गरिएको निर्देशक श्रवण गोतामेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

कोरोना महामारीका कारण झरना अवलोकनमा आउने बाह्य पर्यटक घटे पनि आन्तरिक आगन्तुक बढिरहेका छन् ।

तामाङको घरमा खानतलासी गर्दा जानकारी अनुसार भरुवा बन्दु फेला परेको प्रहरीको भनाइ छ ।

दुई साताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् ।

झापा । दमक नगरपालिकामा विद्युत् चुहिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ मा निर्माणाधिन…

काठमाडौं । अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई औपचारिक रुपमा डब्लुएचओबाट बाहिर निकाल्ने…