एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

कपिलवस्तु । एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

प्यूठानबाट भैरहवा जाँदै गरेको रा१च ६५५ नंको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको लु३.प ५२५३ नंको मोटरसाइकल शुद्धोधन गाउँपालिका–६ तितिरियामा शनिबार साँझ एकापसमा ठोक्किँदा मोटरसाइकल चालक रुपन्देही जिल्ला कोटिवामायी गाउँपालिका–५ बस्ने २३ वर्षीय रोहित यादवको मृत्यु भएको हो ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका यादवको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इप्रका पकडीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयो । एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

कोरोना महामारीका कारण झरना अवलोकनमा आउने बाह्य पर्यटक घटे पनि आन्तरिक आगन्तुक बढिरहेका छन् ।

तामाङको घरमा खानतलासी गर्दा जानकारी अनुसार भरुवा बन्दु फेला परेको प्रहरीको भनाइ छ ।

दुई साताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् ।

झापा । दमक नगरपालिकामा विद्युत् चुहिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ मा निर्माणाधिन…

काठमाडौं । अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई औपचारिक रुपमा डब्लुएचओबाट बाहिर निकाल्ने…