चीनको धुरी चढेर नेपालमा समाजवाद आउँदैनः राजन भट्टराई (भिडियोसहित)

चीनको धुरी चढेर नेपालमा समाजवाद आउँदैनः राजन भट्टराई (भिडियोसहित)
बुधबार, १५ कार्तिक २०७४
चीनको धुरी चढेर नेपालमा समाजवाद आउँदैनः राजन भट्टराई (भिडियोसहित)

काठमाडौं । राजनीतिक विश्लेषक डा.राजन भट्टराईले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रममा चिनको कुनै हात नरहेको बताउनुभएको छ । जनता टेलिभिजनको कार्यक्रम ‘द भ्यू’ मा कुराकनी गर्नुहुँदै डा.भट्टराईले कम्युनिष्ट पार्टीहरुबीच चीनको इच्छामा गठबन्धन बनेको भारतको आरोपमा कुनै सत्यता नभएको  बताउनुभयो ।

‘बाम गठबन्धन चीनले गराइदिएको भन्ने भारतले गरेको आँकलन मात्रै हो, नेपालका वामपन्थीहरु प्रष्ट भइसकेका छन्,’ उहाँले भन्नुभयो, ‘हिजोको जस्तो सोभियत संघलाई धुरी बनाएर समाजवाद आउँछ भन्ने होइन । चिनियाँ समाजवादको धुरी चढेर पनि नेपालमा समाजवाद विकास हुँदैन ।’

नेपाल–भारत प्रवुद्ध समुहका सदस्यसमेत रहनुभएका डा.भट्टराईले चीन र भारतको सम्बन्ध राम्रो भयो भने नेपाललाई फाइदा हुने बताउँदै दुई देशबीचको प्रतिस्पर्धाले साना मुलुक मारमा पर्ने जिकिर गर्नुभयो ।

थप कुराकानी यो भिडियोमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…