एक्सरे मेसिन मर्मत नहुँदा दोब्बर शुल्क तिर्न बाध्य

मोरङ । कोशी अञ्चल अस्पताल विराटनगरको एक्सरे मेसिन मर्मत नहुँदा समस्या भएको छ । एक्सरे गराउन अस्पताल आएका बिरामी बाहिर महँगो शुल्क तिरेर एक्सरे गराउन बाध्य भएका छन् ।

गतवर्षसम्म विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा दुईवटा एक्सरे मेसिन थिए । एउटा गत वर्षदेखि नै बिग्रिएर थन्किएको छ । भएको एउटा पनि एक्सरे मेशिन बिग्रिएको २० दिन बितिसकेको छ ।

सम्बन्धित निकायले तदारुकताका साथ पहल नगर्दा सर्वसाधारण जनता महँगो मूल्य तिरेर निजी क्लिनिकमा एक्सरे गर्न बाध्य भएका हुन् । अस्पतालमा दैनिक एक हजारभन्दा बढीले सेवा लिँदै आएका छन् ।

कोशी अञ्चल अस्पतालमा ४०० मा एक्सरे हुन्छ भने बाहिर गएर गरेमा ८०० भन्दा बढी तिर्नुपर्छ । गरिब र विपन्न समुदायको अस्पताल भनेर चिनिएको अस्पतालमा दुईवटा एक्सरे मेसिन भएपनि एउटा मर्मत गर्न धेरै रकम लाग्ने भएर एक वर्षदेखि बिग्रिएर थन्किएको हो । अर्को एक्सरे मेशिन बिग्रिएको २० दिन भइसकेको छ ।

रेडियोलोजिस्ट विभागका कार्यालय सहायक सुनिल कामतले काम लाग्ने एउटा मात्रै मेशिन भएको र त्यो पनि बिग्रेकाले समस्या भएको बताउनुभयो । अस्पतालका नायब सुब्बा कौशल पोख्रेलले जर्मनीबाट सामान आउने भएकाले अझै हप्ता १० दिन लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– अचानक क्षति हुनेछ । काममा बाधा देखिन्छ । वृष– पतिपत्निबीच मेलमिलाप रहन्छ । साझेदारीमा फाइदा मिल्नेछ । मिथुन– प्रतिस्पर्धामा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…