कतारमा ठगिएका पाँच नेपालीको उद्वार

कतारमा ठगिएका पाँच नेपालीको उद्वार

खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ठगिएका पाँच जनाको उद्वार गरिएको छ । सम्झौताअनुसार काम र लामो समयसम्म तलबसमेत नपाएको भन्दै दिक्तेलस्थित सामी परियोजनामा उजुरी दिएपछि उनीहरुको उद्धार गरिएको हो ।

रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्लेका राजेन्द्र खड्का, कर्णबहादुर खड्का र सोही नगरपालिका–१० पाथेकाका धनकेशर गिरी, उदयपुरका प्रकाश राई र दाङका विशाल चौधरीको उद्धार गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)का परामर्शकर्ता अम्बिका दाहालले जानकारी दिनुभयो ।

योङ म्यान पावर कम्पनीबाट मासिक एक हजार १०० रियाल तलबमा सिकर्मीको रुपमा छ महिना अघि कतार पुगेका धनकेशरले हेल्परको काम दिनुका साथै चार महिनासम्म तलब नदिएको भन्दै उद्धार गरिदिन सामी परियोजनाको दिक्तेलस्थित कार्यालयमा सम्पर्क गरेका थिए । ठगीमा परेका गिरी स्वयंले टेलिफोन सम्पर्क गरी आफन्तमार्फत सामीमा कागजात उपलब्ध गराएका थिए ।

इन्टरनेशनल जब लिङ्क म्यानपावर कम्पनीबाट जनही ७० हजार रपैयाँका दरले रकम बुझाएर नौ महिना अघि कतार पुगेका खाल्लेका खड्कालाई पछिल्लो चार महिना लगातार तलब नदिएको बताइएको छ ।

गत असारदेखि तलब नपाएपछि घरमा सम्पर्क गरी सूचना तथा परामर्श केन्द्रमा कागजात पुर्याइ उद्धारका लागि पहल गरिदिन आग्रह गरिएको थियो ।

वैदेशिक रोजगारीमा जानु पूर्व घरमै छाडिएको कागजपत्रको प्रतिलिपि परिवारमार्फत उपलब्ध भएलगत्तै वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरेको करिब एक सातामै उनीहरुलाई नेपाल फर्काइएको परामर्शकर्ता दाहालले बताउनुभयो ।

ठगिएका पाँचै जनालाई सूचना तथा परामर्श केन्द्रको समन्वय तथा निःशुल्क कानूनी सहायता प्रदान गर्ने संस्था पिपुल्स फोरमको सहयोगमा मुद्दा दर्ता गरिएको थियो ।

ठगीमा परेर नेपाल फर्किएकामध्ये खाल्लेका कर्णबहादुर र राजेन्द्रले कतार जाँदा बुझाएको जनही ७० हजार रुपैयाँ एजेण्टले फिर्ता गरिदिने सर्त राखेको बताइएको छ । ठगीमा पर्ने अन्य तीन जनाको हकमा थप अनुसन्धान गर्ने काम भइरहेको सामीले जनाएको छ । उद्धार गरिएका उनीहरुले काठमाडौँ आएलगत्तै क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका सांसद डा. बाबुराम भट्टराईले राज्यको वरियदाक्रममा सभामुखलाई प्रधानमन्त्री भन्दा माथि राख्न प्रस्ताव गर्नुभएको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ । वृष– आँटेको काममा प्रगति हुनेछ । धनसम्पतिको सहयोग मिल्नेछ । मिथुन–…

धनुषा । पटकपटक दुख्छ तराई । कहिले प्राकृतिक प्रकोपले आहत हुन्छ । कहिले भोकले पनि बसिसुख न उठिसुख बनाउँछ ।…

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारी घुससहित पक्राउ परेका छन् । राजश्व कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ…

धनुषा । साउदी अरेबियामा मृत्युदण्ड तोकिएका उमेश यादवलाई फाँसीबाट जोगाएका सामाजिक अभियन्ता सरोज रायलाई नागरिक अभिनन्दन गरिने भएको छ ।…