प्रधानमन्त्रीद्वारा फाल्गुनन्दको जयन्तीको शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति एव्म किराँत धर्मका महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

महागुरु फाल्गुनन्द किराँत धर्मका महान् गुरु हुनुका साथै समाज सुधारकसमेत हुनुभएको र किरात धर्म, संस्कार र संस्कृतिको उत्थान तथा संरक्षणका निमित्त उहाँले दिनुभएको योगदान उल्लेखनीय रहेको प्रधानमन्त्री देउवाको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले सन्देशमा भन्नुभएको छ ‘नेपाल विविध धर्म र संस्कृतिको संगमस्थल हो, लोकतन्त्रको छहारीमा मात्र मुलुकमा नागरिक अधिकारको रक्षा हुने हुँदा सबै धर्म र संस्कृतिले महत्व पाउन सम्भव छ । यसका लागि मुलुक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनतर्फ अग्रसर भइसकेको हालको परिप्रेक्ष्यमा निर्वाचनमा सहभागी भएर यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अनुरोध गर्दछु ।’ ।

सामाजिक सुधार र अनुशासित आचरणका लागि महागुरु फाल्गुनन्दले देखाउनुभएको मार्ग आजको सन्दर्भमा पनि हामी सबैको लागि उत्तिकै अनुशरणीय रहेको उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवाले विविध धर्म र संस्कृतिका धनी सबै नेपालीलाई एउटै मालामा जोड्दै राष्ट्रिय एकता कायम गर्न महागुरु फाल्गुनन्दको दर्शन सर्वउपयोगी हुनेछ भन्दै महागुरु फाल्गुनन्दप्रति श्रद्धा व्यक्त गर्दै स्मरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।