राष्ट्रपति भण्डारी र दाहालबीच अध्यादेशबारे छलफल हुँदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालबीच बिहीबार बिहान भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेटन दाहाल बिहीबार बिहान ९ बजे शितल निवास पुगेका थिए ।
राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेशका बारेमा राष्ट्रपति भण्डारीले दालका शीर्ष नेताहरुसँग परामर्श गर्दै आएकी छन् । त्यसैको निरन्तरताका लागि दाहालसँग पुनः छलफल जारी रहेकाे राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जनता समाचारलाई जानकारी गराए ।
राष्ट्रपति भण्डारीले दुई महिनादेखि राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेशका रोकेको भन्दै नेपाली कांग्रेसलगायत मधेशवादी दलबाट आलोचना खेप्दै आएकी छन् ।
अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था राखिएको भन्दै सबैभन्दा ठूलो दल एमालेले विरोध गर्दै आएको छ ।