मन्त्रिपरिषद बैठक सम्पन्न, स्वास्थ्य सचिवमा डा.पुष्पा चौधरी नियुक्त

काठमाडौं। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्वास्थ्य सचिवमा ड. पुष्पा चौधरीलाई नियुक्त गरेको छ ।

बैठकले स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ रहेकी चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै बैठकले क्यान्सर, मृगौला रोगी र पक्षघात पीडिका लागि मासिक पाँच हजार दिने निर्णय गरेको छ ।

स्वास्थ्य सचिवका लागि चौधरीसँगै प्रमुख विशेषज्ञद्धय डा. विनोदमान श्रेष्ठ तथा डा. सुशीलनाथ प्याकुरेल समेत दाबेदार थिए । तर दुवैलाई पछि पार्दे डा. चौधरी स्वास्थ्य सचिव बनेकी हुन् ।

डा. चौधरीको नियुक्तिसँगै स्वास्थ्य मन्त्रालयमा विगत तीन सातादेखि रिक्त रहेको स्वास्थ्य सचिव पदपूर्ति भएको छ ।

डा. किरण रेग्मीले गत मंसिर १८ गते अनिवार्य अवकास पाएसँगै स्वास्थ्य सचिव पद रिक्त थियो । वरियतामा पहिलो नम्बरमा रहेकी डा. पुष्पाले निमित्त सचिवको कार्यभार सम्हाल्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । राष्ट्रियसभा सदस्यको आउँदो फागुनमा रिक्त हुने सबै पद नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)ले ओगटेका…

काठमाडौं । रष्ट्रियसभा सदस्यमा सुदूरपश्चिममा नेकपाका तारामान स्वार र  शारदा भट्ट विजयी हुनुभएको छ । स्वार अन्य र भट्ट   महिलाबाट…