दलहरुले आयोगमा बुझाए सांसदको सूचि

काठमाडौं । राजनीतिक दलहरुले समानुपातिकतर्फ प्रदेशसभाका सांसदहरुको सूचि निर्वाचन आयोगमा बुझाएका छन् ।

राजनीतिक दलहरुले शुक्रबार साँझसम्म तोकिएको समयभित्रै समानुपातिकतर्फ प्रदेशसभाका आफ्ना सांसदहरुको नामावली निर्वाचन आयोगलाई बुझाएका हुन् ।

निर्वाचन आयोगका सहसचिव दिनेशकुमार घिमिरेले दलहरुले बुझाएको प्रदेशसभा समानुपातिक तर्फका सांसदहरुको नामावली प्राप्त भएको र भोलि नै नामावली कानुनसम्मत भए, नभएको छानवीन गरी कानुन सम्मत नभए सच्याउन तीन दिनको समय दिने जानकारी दिए ।

संवैधानिक व्यवस्था अनुसार महिला, जनजाति, दलित लगायतका क्लष्टर बमोजिम नामावली नआए दलहरुलाई सच्याउन ३ दिनको समय दिनुपर्ने हुन्छ । निर्वाचन आयोगले ४ दिन भित्र प्रदेश सभा समानुपातिकतर्फका सांसदहरु औपचारिक रुपमै विजयी भएको घोषणा हुने स्पष्ट पारे ।

निर्वाचन आयोगले त्यसपछि प्रतिनिधिसभा समानुपातिकतर्फका सांसदहरुको सिट संख्या निर्धारण प्रक्रिया अघि बढाउने स्पष्ट पारेको छ । राजनीतिक दलहरुले आफ्नो दलले पाएको मतको आधारमा समानुपातिकतर्फको सांसद संख्या पाउने कानुनी व्यवस्था छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…