टुडिखेलमा तमु ल्होसारको रौनक

सरस्वती तामाङ

काठमाडौ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदा र नयाँ वर्षको स्वागतको रुपमा ‘तमु ल्होसार’ पर्व शनिबार धुमधामसँग मनाएका छन् । यस वर्ष च्यहल्हो (चरा वर्ग) लाई विदा गरी खिल्हो (कुकुर वर्ग) लाई स्वागत गरिएको छ प्रत्येक वर्ष पुस १५ गते आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरी ल्होसार मनाइन्छ । ।

गुरुङ समुदायले विभिन्न साँस्कृतिक कार्यक्रम गरी ल्होसार मनाउने गर्छन्  । कतिपय भने यही अवसरमा वनभोज जानेगर्छन् । ल्होसार पर्वको अवसरमा काठमाण्डौ उपत्यकाका गुरुङ समुदायले तमू ह्यूल छो‘ज धी गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा शनिबार टुँडिखेलमा विशेष र्रौनकका साथ खिल्हो मनाएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसारले गुरुङ समुदायमा मात्र सबै नेपालीमा उत्साह ल्याएको बताए । ‘समाजमा सदभाव कायम गर्न ल्होसारको पनि योगदान छ’ उनले भने, ‘त्यस कारण यसको धार्मिक सहिष्णुतासँगै गरेको छ आर्थिक र सामाजिक दुबै रुपमा उत्तिकै महत्व छ ।’

तमु ल्होसारजस्ता राष्ट्रिय पर्वले नेपालीवीच आपसी सद्भाव, बन्धुत्व र एकताको भावना वृद्धि गर्न मद्दत गर्ने भएकाले नेपालमा विविध जातजातिले मनाउने यस्ता चाडपर्वले विश्वमा नेपालको छुट्टै पहिचान बनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…