यी हुन् दल बदल्दै निर्वाचन जित्दै गर्ने नेताहरु

कपिलबस्तु । कपिलबस्तु–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनवा जितेका बृजेश गुप्ताको यो चौथो विजय हो । नागरिक दैनिकमा समाचार छ ।

तर यी सबै एउटै दलको उम्मेदवारका रुपमा भने भएका होइनन् । २०५६ सालमा विद्युत् प्राधिकरणको इन्जिनियरबाट राजीनामा दिएर राजनीतिमा होमिएका गुप्ताले चुनावी नतिजालाई आफ्नो पक्षमा पार्न पार्टी बदल्दै मैदानमा उत्रेका छन् ।

पार्टी फेर्दै चुनावमा भिडेका उनका लागि सधैँ जित हात लागको छ । २०५६ सालमा राप्रपाबाट चुनाव जितेका उनी मधेस आन्दोलनको उभार आएका बेला २०६४ सालमा तराई मधेस लोकतान्त्रिक पर्टीमा पसे । त्यही पार्टीबाट उनले २०६४ र २०७० सालको संविधानसभा चुनाव जिते ।

२०४८ सालदेखि मधेसमा प्रभावशाली नेता हुदयेश त्रिपाठी पनि दल फेर्दै चुनवा लड्नेमा पर्छन् ।
नेपाल सद्भावना पार्टीबाट २०४८ सालपछि तीन चुनाव जितेका उनले संविधानसभाका दुई वटा चुनाव तराई मधेस लोकतान्त्रिक पार्टीबाट लडे । पहिलो संविधानसभाको चुनाव भारी मतले जिते ।

२०६४ सालको संविधानसभा चुनावमा कपिलबस्तु ५ बाट फोरम नेपालका अभिषेकप्रताप साहले चुनाव जिते । पुराना नेता तपलोपाका डा.मञ्जुर आँलाई हराउँदै २६ वर्षीय साह सबैभन्दा कान्छो सभासद् भएपछि चर्चाको शिखरमा उक्लिए । संघीय समाजवादी फोरमको उपमहासचिव भई छोटो समयमा पार्टीको केन्द्रीय नेतृत्वमा पुग्न साहले यसपालि चुनाव जित्न कांग्रेस रोजे ।

पश्चिम नवलपरासी १ ‘क’ मा एमालेबाट चुनाव जितेका अजय शाही पनि पार्टी बदल्दै चुनाव लड्ने नेता हुन् । उनको जित भने यो पहिलो हो ।

मधेस आन्दोलनको उभारसँगै मधेसी जनअधिकार फोरममा सक्रिय भई केन्द्रीय सदस्य हुन भ्याएका बसुद्दिन खाँले यसपाली कांग्रेस रोजेर फाइदै भएको छ । रुपन्देही ४ ‘क’बाट खाँले चुनाव जिन् । गएको संविधानसभा चुनावमा उनी रुपन्देही ६ बाट संघीय समाजवादी फोरमका उम्मेदवार थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…