यी हुन् जनता टेलिभिजनमा अत्यधिक रुचाइएका कार्यक्रम

काठमाडौँ । जनता टेलिभिजनको नियमित प्रस्तुतिका तीन कार्यक्रम दर्शकले अत्यधिक रुचाएका छन् । हरेक दिन दिउँसो १ बजे प्रस्तुत हुने कार्यक्रम ‘लोकमाला’, आइतबारदेखि शुक्रबारसम्म साँझ ७ः३० बजे प्रसारण हुने कार्यक्रम ‘बाइलाइन’ र शनिबार साँझ ७ः३० बजे प्रसारण हुने कार्यक्रम ‘सिएमडब्लु–क्रिमिनल्स मोस्ट वान्टेड’ रुचाइएका कार्यक्रम हुन् ।

कार्यक्रम बाइलाइनको एउटा शृंखला युटुबमा मात्रै ६ लाख पटक हेरिएको छ । युटुबमा अपलोड भएको ४५ दिनमै बाइलाइन ६ लाख भन्दा बढीले हेरेका हुन् । यो कार्यक्रमका प्रस्तोता, निर्माता समाचार संयोजक रामकुमार एलन हुन् ।

यस्तै, वरिष्ठ समाचार सम्पादक शिव लम्साल प्रस्तोता निर्माता रहेको कार्यक्रम ‘सिमएमडब्लु–क्रिमिनल्स मोस्ट वान्टेड’ पनि युटुबमा धेरै हेरिएको कार्यक्रम हो । युटुबमा अपलोड भएको एकसातामै एउटा शृंखला दुई लाख २० हजार भन्दा बढीले हेरेका छन् ।

मनोरञ्जन कार्यक्रम अन्तर्गत कार्यक्रम ‘लोकमाला’ पनि धेरै हेरिएको कार्यक्रम हो । शोभा त्रिपाठी निर्माता प्रस्तोता रहेको कार्यक्रम लोकमालाका शृंखलाहरु पनि युटुबमा अत्यधिक रुचाइएका छन् । एउटै शृंखला २ लाख ६५ हजार दर्शकले हेरेका छन् ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…