कृति गुरुङ र प्रीति गुरुङले आत्महत्या गर्दा कसरी छुट्टियो शरीर उछिट्टियो कपडा ? (भिडिओसहित)

लमजुङ । २०७४ साउन ७ गते शनिबारे बिदा मनाउन आकाशे झरना हेर्न हिँडेका कृति गुरुङ र प्रीति गुरुङ बेपत्ता भए । उसो त उनीहरु साँझ घर फर्किएका थिए । झरना हेर्न जाँदा मोबाइल हराएपछि घरमा आउँदा अभिभावकले गाली गरेपछि हिँडेकाहरु उनीहरु कहिल्यै फर्किएनन् ।

र, मंसिर १ गते सुन्दरबजार नगरपालिका वडा नम्बर ५ स्थित थाक्ले सामुदायिक वनको हुँडखोलामा भेटिएको कंकाल कृति गुरुङ र प्रीति गुरुङकै भएको पाइयो । प्रहरीले दुवै जंगल पुगेर एउटै डोरीले एउटै रुखमा झुण्डिएर आत्महत्या गरेको बताएको छ ।

तर घटनास्थलको प्रकृति हेर्दा कृति र प्रीति गुरुङले लगाएका लुगा जंगलमा यत्रतत्र छरिएका थिए । अझ प्रीतिको करङको भाग छिया छिया थियो भने शरीर दुई टुक्रा भएको अवस्थामा भेटिएको थियो । आत्महत्या गर्दा मान्छेको शरीर कसरी छुट्टिन्छ ? कुनै विष्फोटमा परे झैँ कपडा उछिट्टिनु, ज्यान दुई टुक्रा हुनु । यो आत्महत्याको हुलिया हुँदै होइन ।

घटनास्थल पुगेकाको बयानमा पनि कृति र प्रीतिको कंकालमा कपडा थिएन । कपडा त घटना स्थलभन्दा निकै पर पो भेटिएपछि कतै घरबाट हिँडेका दुई छोरी कुनै अभरमा परे कि ? कसैले मारेर र पो झुन्ड्याइदिए कि, पोष्टमार्टम रिपोर्ट आउन बाँकी नै छ ।

पूरा कथाका लागि भिडियो हेर्नुहोस्ः जनता टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘सिएमडब्लु अर्थात् क्रिमिनल्स मोस्ट वान्टेड ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…