प्रधानमन्त्री त ओली हुन्, राष्ट्रपतिबारे छलफलै भएको छैनः भट्ट

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लेखराज भट्टले सरकारको नेतृत्व नेकपा एमाले अध्यक्ष केपी ओलीले गर्ने विषयमा कुनै विवाद नभए पनि राष्ट्रपति को हुने भन्ने विषयमा दुवै पार्टीमा छलफल नै शुरु नभएको बताउनु भएको छ ।

जनता टेलिभिजनको कार्यक्रम ‘सन्दर्भ’मा वरिष्ठ समाचार सम्पादक शिव लम्सालसँगको कुराकानीमा नेता भट्टले सरकार र पार्टी सञ्चालनका विषयमा जति चर्चा भइरहेको छ, त्यसविषयमा दुवै पार्टी निष्कर्षमा पुग्न बाँकी रहेको बताउनु भयो । भट्टले एमाले र माओवादी एकीकरण हुनेमा आशंका नरहेको तर नेताहरुको भूमिका व्यवस्थापनबारे छलफल भइरहेको बताउनु भयो ।

भट्टलेले भन्नुभयो, ‘म मन्त्री हुन्छु कि हुन्न भन्ने कुरा पार्टीले तय गर्ने विषय हो ।’ भट्टको तर्क छ, ‘७ नम्बर प्रदेशको मुख्यमन्त्री एमाललाई दिने कि माओवादीले लिने भन्ने पनि दुई पार्टीको छलफलबाट तय हुन्छ, कसैले दाम्लो चुडाँल्ने गरी रहर गर्दैमा हुने कुरा होइन ।’
थप कुराकानीका लागि भिडियो हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…