लालबाबु पण्डितको उद्घोष: मनमा विदेश बोकेका नेतालाई राजनीतिबाट हटाउनु पर्छ

मेरै पहलमा संविधानको धारा २९१ मा विदेशमा ग्रीनकार्ड वा नागरिकता भएकाले कुनै पनि प्रशासनमा बस्न नपाउने व्यवस्था भएको छ 

–लालबाबु पण्डित

म एकपटक तत्कालीन प्रधान न्यायाधीश विश्वनाथ उपाध्यायलाई भेट्न गएको थिएँ । त्यसबेला विश्वनाथ उपाध्यायले ‘न्यायाधीश पदमा रहँदासम्म म नेपालमा रहन्छु, मेरा परिवारका सबै अमेरिका सिफ्टभइसके, म पनि रिटायर हुनासाथ अमेरिका जान्छु’ भन्नुभयो ।

त्यही कुराले २०५८ मा पहिलोपटक मेरो दिमागमा ‘हिट’ ग¥यो । त्यसपछि बेलायतमा नेपालका एक राजदूतले आफ्नो कार्यकाल सकिएपछि बेलायत सरकारबाट चिठी लेखाएर कार्यकाल बढाउन खोजेको तर कार्यकाल नबढेपछि उतै ग्रीन कार्ड लिएर बसेको घटनाले पनि मलाइ छोयो । जो देशप्रति नै इमान्दार छैनन् उनीहरुले देशका लागि केही गर्छन् भनेर कसरी पत्याउने । जसले आफ्नो मनबाट देश हटाइसक्यो । जसले आफ्नो मनमा विदेश बोकेको छ ।

उसले देशका लागि के योगदान गर्ला ? त्यस्तो व्यक्ति राजनीतिमा छ भने पनि राजनीतिबाट हटाउनु पर्छ । निजामति प्रशासन अथवा नेपालकोे कुनै पनि प्रशासनमा भएका व्यक्ति यदि मनमा विदेश बोकेर बसेका छन् भने उनीहरुलाई कुनै पदमा बस्ने अधिकार छैन ।

मेरै पहलमा संविधानको धारा २९१ मा विदेशमा ग्रीनकार्ड वा नागरिकता भएकाले कुनै पनि प्रशासनमा बस्न नपाउने व्यवस्था भएको छ ।

यदि त्यस्ता व्यक्तिले प्रशासनमा रहन पाउनु पर्छ भनेर कसैले भन्छ भने त्यो कुतर्क हो । देशलाई बन्धकी बनाउने निजी स्वार्थमा गएकाहरुले मात्र त्यस्तो कुतर्क गर्छन् । उनीहरुको कुनै तर्क सुन्न चाहन्नँ ।

नेकपा एमालेका नेता तथा पूर्व मन्त्री लालबाबु पण्डितसँग जनता टेलिभिजनका समाचार प्रमुख अरुणदेव जोशीले लिनु भएको अन्तरवार्ताको पुरा अंश युटुब लिंकमा हेर्न सक्नुहुनेछ ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…