स्वीडेनकै अदालत गएर पनि असुल्छौँ एनसेलसँग ७२ अर्बः सरकार (भिडिओसहित)

अर्बाैँ रकम विदेश लगिरहेको एनसेलले किन तिरेन राज्यलाई ६५ अर्ब कर ? जरिवाना जोड्दा पुग्छ ७२ अर्ब ?

काठमाडौँ । ठूला करदाता कार्यालयले नेपाल र स्वीडेनकै अदालत गएर भए पनि एनसेलसँग लिनु पर्ने कर असुल्ने तयारी गरेको छ । जरिवानासहित ७२ अर्ब रुपैयाँ कर तिर्न आउन १५ दिने सूचना प्रकाशन गरेको कार्यालयले समयमा कर तिर्न नआए अदालत गएर भए पनि कर असुल्ने तयारी गरेको हो ।

एक करोड ४० लाखको हातमा एनसेल मोबाइल छ । कम्पनी स्थापनाको १४ वर्ष अझ भनौँ पछिल्लो ७ वर्षमा उसको कमाइ छ लगानीको दुई हजार गुणा । त्यही कम्पनी नेपालको ठूला करदाता पनि अर्थात् १३ प्रतिशत कर त उ एक्लैले तिर्छ । अर्बाैँ रकम विदेश लगिरहेको एनसेलले किन तिरेन राज्यलाई ६५ अर्ब कर ? जरिवाना जोड्दा पुग्छ ७२ अर्ब ?

ठूला करदाता कार्यालयले १५ दिनभित्र एनसेललाई कर तिर्न सूचना जारी गरेको छ । राज्यको यो अभियानमा राजनीतिक शक्ति दुरुपयोग गर्दै कर छलेर रकम विदेश लैजान लागिरहेको एनसेललाई कर तिर्ने अवस्था बनाउनु नागरिकको पनि दायित्व हो । के हो एनसेल प्रकरण, कति कर तिर्न बाँकी छ र राज्य कसरी कर असुल्ने तयारीमा छ ?

जनता टेलिभिजनको कार्यक्रम ‘बाइलाइन’को जनवरी ४ मा प्रसारित पूरा भाग हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…

काठमाडौं । इलाममा २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि काठमाडौं ल्याइएको छ । डा. केसीको मुटुमा…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…