भुक्तानी नपाएको भन्दै कार्यालयमा ताला, ६ लेनको सडक निर्माण अवरुद्ध

अनिल तिवारी

बारा । सिमरास्थित सूर्य नेपालदेखि जीतपुरमा रहेको गढिमाई मन्दिरसम्मको व्यापारीक मार्ग निर्माण कार्य अबरुद्ध हुने भएको छ । निमार्णको जिम्मा लिएको शर्मा÷यूनाईटेड बिल्डर्स जे.भी कम्पनिको कार्यलयमा बिहिवार ताला लगाइएपछि निर्माण कार्य अवरुद्ध हुने भएको हो ।

पथलैयादेखि परवानीपुरसम्म निर्माण हुने ६ लेन सडक अन्तरगत सूर्य नेपालदेखि गढिमाई मन्दिरसम्मको बाटोअबरुद्ध हुने भएको हो ।

कात्र्तिक महिना यता काम गराएका विभिन्न मजदुर तथा ढुवानी सेवालाई भुक्तानी नदिएको भन्दै कम्पनिको कार्यलयमा ताला बन्दि गरेको सप्लायर्स दिनेश सुवेदीले बताए । कम्पनिले आफुहरुलाई दिएको चेक पटक पटक बाउन्स हुदाँ पनि आश्वासन मात्रै पाएकाले बाध्य भएर कार्यलयमा ताला लगाइएको सुवेदीले बताए ।

निर्माण कम्पनिका प्रमुख रामहरी खनालले भने कार्तिक भन्दा पहिलेको भुक्तानि दिएको र कारण बस त्यस यताको भुक्तानी दिन नसकेको जानकारी दिए । उनले सरकारी तवरबाट आउनुपर्ने भुक्तानी समयमा नै नआउँदा भुक्तानी दिन समस्या भएको र आउँदो सोमवार सम्ममा भुक्तानी गर्ने जानकारी दिए ।

सडक विभागले पथलैयादेखि परवानीपुरसम्म बाटो निमार्णका लागि ६ भागमा विभाजन गरेर छुटछुट्ै ६ ओटा कम्पनिलाई जिम्मा दिएको छ । ३ अर्ब २७ करोडको लागतमा पथलैयादेखि बिरगंजसम्मको २७ कीलोमिटरको सडक निर्माण थालिएको सडक विभागले प्रति कम्पनिलाई झण्डै ६७ करोड बजेट छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…