कृषि विकास बैंक कर्मचारीको लकरबाट दुई किलो सुन बरामद

काठमाडौँ । केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी)ले कृषि विकास बैंक न्युरोड शाखाकी कर्मचारी दीपिका रेग्मीको लकरबाट दुई किलो सुनको गहना बरामद गरेको छ ।

कृषि विकास बैंकको खाताबाट ४ करोड ९१ लाख रुपैयाँ भन्दा बढी रकम गोलमाल भएको उजुरीपछि सिआइबीले रेग्मीलाई १३ मंसिरमै पक्राउ गरेर अनुसन्धान जारी राखेको छ ।

रेग्मीले आफ्नो र आफन्तका खातामा चेकमार्फत रकम जम्मा गरेर बदमासी गरेको अनुसन्धानमा खुलेको छ ।

अनुसन्धानकै क्रममा रेग्मीका नाममा सुनका गहना पनि भएको र त्यो नभेटिएपछि शुक्रबार साँझ छापा मार्दा उनकै लकरमा पाइएको सिआइबी प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए ।

रकम हिनामिनामा दीपिका रेग्मी संलग्नताबारे यो भिडिओ सामग्री पनि हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?