दुई ग्यास उद्योगलाई उत्पादनमा रोक

काठमाडौँ । सरकारले काभ्रेको बनेपास्थित चण्डश्वरी ग्यास उद्योग र सूर्य ग्यास उद्योगलाई उत्पादनमा रोक लगाएको छ । अनुगमनक्रममा मापदण्ड नपुगेकाले उत्पादनमा रोक लगाइएको समाचार गोरखापत्र दैनिकले छापेको छ ।

सरकारबाट गुणस्तर चिन्ह प्राप्तिको प्रक्रिया नै नथाली उत्पादन गरिरहेका उद्योगलाई तीनदिन भित्र प्रक्रिया थाल्न र तत्कालका लागि उत्पादन बन्द गर्न निर्देशन दिइएको नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक मनोजकुमार उपाध्यायले बताए ।

नेपालमा ५३ वटा ग्यास उद्योग छन् । चारवटाले मात्रै गुणस्तर चिन्ह पाएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुर्घटनामा १ सय ८० जना घाइते भएका छन् ।

लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान…

कार्यक्रममा खनाललाई बोल्न दिनुपर्छ भन्ने माग भएपनि मन्त्री रघुबिर महासेठले खनाललाई बोल्न राेकेका थिए ।

बिष्ट नेपाली कांग्रेसबाट वडासदस्य चुनिएका हुन् ।

राजपुर बमकाण्डका पीडितहरु अहिले त्रसित जीवन बाँच्न बाध्य छन् ।

सभामुख कसलाई बनाउने ? भन्ने निर्णय पार्टीले गर्ने हो ।