सुरुङमार्ग अर्थात् ३४ करोडको नरिवलः विरोध खतिवडा (भिडिओसहित)

३४ करोडको नरिवल खानेहरु किन बोल्दैनन्

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद विरोध खतिवडाले हेटौँडा काठमाडौँ सुरुङमार्गमा फसेको पैसा डुबाउनेलाई कारबाही हुनु पर्ने बताएका छन् ।

जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा समाचार संयोजक रामकुमार एलनसँगको कुराकानीमा सांसद खतिवडाले सुरुङमार्ग निर्माणका नाममा लाग्नेहरुले जम्मा भएको ३४ करोड रुपैयाँको हिसाब दिनुपर्ने बताएका हुन् ।

‘सुरुङ मार्ग निर्माण गर्ने भनेर एउटा नरिवल फुटाएको थाहा छ, बाँकी पैसा कहाँ गयो, यसमा को–को जिम्मेवार हुन्, को–को बदमास हुन्, खोजी हुनुपर्छ, र, म आफैँ यो काममा जुटेको छु,’ खतिवडाले भने, ‘जिल्लातिर भाषणमा भन्न थालेको छु, ३४ करोडको नरिवल खानेहरु किन बोल्दैनन् ?’

नेता खतिवडाले सुरुङ मार्ग निर्माणका नाममा देखिएको बदमासीमा के कानुनी उपचार हुनसक्छ भनेर आफूले केही कानुन व्यवसायीसँग पनि परामर्श लिइरहेको बताए । स्वयम् खतिवडा पनि अधिवक्ता हुन् । खतिवडासँगको कुराकानी आइतबार बिहान ८ बजे जनता टेलिभिजनमा प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?