चीन जाने सामान घट्दै

काठमाडौं । नेपालको चीनसँगको व्यापारघाटा उकालो लागिरहेकै समयमा चीन निकासी हुने सामानको परिमाण पनि घटेको छ। बढ्दो आयात र घट्दो निर्यातका कारण चीनसँगको व्यापार घाटा निरन्तर बढेको हो। अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

नेपालबाट यार्सागुम्वा, जडीवुटी, गलैंचा, कफी, चियालगायत सामान चीन जाने गरेको छ। २०७२ सालमा आएको भूकम्पले तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारघाटा निरन्तर बढ्दै गएको छ। आव २०७००७१ मा दुई अर्ब ५४ करोड रुपैयाँको सामान चीन गएको थियो। आव २०७३र०७४ मा यो मूल्य घटेर एक अर्ब ७० करोडमा झरेको छ।

नेपालको चीनसँग बढ्दो व्यापारघाटाका विषयमा चीनको चासो व्यवहारमा परिवर्तन हुन सकेको छैन। नेपालमा रहेको चिनियाँ दूतावासले दुई साता अघि एक कार्यक्रममा नेपालबाट चीन सामान नगएकोमा चिन्ता व्यक्त गरेको थियो। कार्यक्रममा सहभागी नेपाल निर्यात परिषद्का अध्यक्ष शुरेसकुमार श्रेष्ठले काउन्सिलरले नेपालबाट सामान नगएकामा चिन्ता व्यक्त गरेको बताए। उनले भने, ‘हामीले भन्नुपर्ने विषय उनीहरूले भने। नेपालबाट कसरी सामान चीन लैजान सकिन्छ भनेर चिन्ता गरे। नाका खुलाउने कुरा भएपछि भने बोल्दै बोलेनन्।ु

नेपालले चीनबाट किन्नेभन्दा चीनलाई बेच्ने सामान कम भएकाले चालू आवको पहिलो चार महिनामा नेपाललाई ४२ अर्ब ३१ करोड रुपैयाँ व्यापार घाटा भएको छ। यो अवधिमा नेपालबाट चीन ६९ करोड ४० लाखको सामान मात्र गएको छ। चीनबाट ४३ अर्ब एक करोडको सामान आएको छ। नेपाललाई भारतपछि चीनबाट सबैभन्दा बढी व्यापार घाटा भएको छ।

गत साउनको अन्तिमसाता नेपाल भ्रमणमा आएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालसँग चीनको व्यापार घाटा कम गर्न हस्तकला र जडीवुटीका सामान सहज रूपमा चीन जाने वातावरण बनाउने बताएका थिए। नेपालको व्यापारघाटाका विषयमा चीनका उच्च अधिकारीले चासो व्यक्त गरेको यो पहिलो पटक थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…