गिजोलियो प्रदेश राजधानीको मुद्दा

काठमाडौं । सरकारले प्रदेशको अस्थायी मुकाम तोक्नैपर्ने संवैधानिक दायित्व समयमै पूरा नगर्दा प्रदेश राजधानीको मुद्दा गिजोलिएको छ । प्रदेश राजधानी माग राख्दै विभिन्न जिल्लामा आन्दोलन चर्किन थालेका छन् । कान्तिपुरमा समाचार छ ।

राजनीतिक दलका शक्तिशाली नेता, प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि र अन्य सरोकारवालाले आआफ्नो अनुकूलमा पार्ने ‘लबिइङ’ तीव्र पारेपछि प्रदेश राजधानीको मुद्दा गिजोलिएको हो । आन्दोलनहरू चर्किंदै जान थालेपछि सरकारले भने प्रदेशको अस्थायी राजधानी नभनी ‘प्रदेशसभा सदस्यको शपथ र बैठकका लागि अस्थायी स्थान’ तोक्ने विकल्प अघि सारेको छ ।

संविधानले प्रदेशसभाको दुई तिहाइले प्रदेश राजधानीको टुंगो नगर्दासम्म सरकारले तोकेको मुकामबाट कार्य सञ्चालन हुने व्यवस्था गरेको छ । तर, राजनीतिक खिचातानी बढ्दै गर्दा सरकारका वरिष्ठ अधिकारीहरूले प्रदेशको मुकाम नै नतोक्ने विकल्प अघि सारेपछि झनै अन्योल बढेको छ ।

सरकारले सातै प्रदेशको राजधानी तोक्ने गृहकार्य गरिरहेको समाचार सार्वजनिक भएलगत्तै सुरु भएका विरोध प्रदर्शनहरू तत्काललाई अस्थायी मुकाम नतोक्ने सरकारी अधिकारीहरूको भनाइपछि पनि मत्थर भएको छैन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…