‘राते काइँला’ भन्न छाडेर अब ‘ओइ शेरे’ भन्छन् होलाः सुनील थापा

काठमाडौँ । नेपाली राजनीतिमा माघ १९ लाई कालो दिनका रुपमा लिने गरिन्छ । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएर मन्त्रिपरिषद् अध्यक्ष भएको दिन । शाहले प्रधानमन्त्री शेरबहादुर देउवलाई पनि असक्षम घोषणा गरेको दिन ।
यतिखेर मुलुकमा प्रधानमन्त्री शेरबहादुर देउवा नै छन् । र माघ १९ आउन करिब तीन साता बाँकी छ । माघ १९ नै पारेर नेपाली चलचित्र ‘शेरबहादुर’ प्रदर्शनमा आउँदैछ र यसमा शेरबहादुरको भूमिकामा छन् कलाकार सुनील थापा ।

जनता टेलिभिजनको कार्यक्रम ‘सन्दर्भ’ मा प्रस्तोता शोभा त्रिपाठीसँग कुराकानी गर्दै थापाले भने, ‘शेरबहादुरमा म नायकको भूमिकामा छु, प्रधानमन्त्री शेरबहादुरको कथा हो या अरु नै, हलमै गएर फिल्म हेरिदिनुहोस् ।’

थापाले भने, ‘जतिखेर हिरो हुने उमेर थियो, त्यतिखेर चिनोमा भुवन केसी, शिव श्रेष्ठसँग खलनायक बनेँ, अहिले हिरोको भूमिकामा छु ।’

थापाको अपिल छ, ‘हिन्दी फिल्म चार हप्तामै टिभीमा आइहाल्छ, त्यसैले नेपाली फिल्म चैँ हलमै हेरिदिनुहोस् ।’ शेरबहादुर हेरेपछि दर्शकहरुले माया गर्दै ‘राते काइँलाबाट मेरो नाम ‘शेरे’ राख्दै भन्छन् कि ‘ओइ शेरे ?’

कुराकानीको पूरा अंश हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…

काठमाडौं । इलाममा २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि काठमाडौं ल्याइएको छ । डा. केसीको मुटुमा…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…