तीनवर्षमै जनता टेलिभिजन नाफामा जान्छ, लगत्तै एफएम रेडियो, पत्रकारिता र फिल्म कलेज चलाउँछौँः डा. पौडेल (भिडिओसहित)

काठमाडौँ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा. विजयकुमार पौडेलले तीन वर्षमै जनता टेलिभिजन मुनाफा कमाउने जनउत्तरदायी जनमुखी टेलिभिजन बन्ने बताएका छन् ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेडको तेस्रो साधारण सभाका अवसरमा जनता टेलिभिजनको कार्यक्रम ‘सन्दर्भ’मा प्रस्तोता शिव लम्सालसँग कुराकानी गर्दै अध्यक्ष पौडेलले जिम्मेवार प्रसारण गृहका रुपमा जनता टेलिभिजन सञ्चालन भइरहेको र जग्गा तथा शेयरजसरी तत्काल मुनाफा नहुने भएकाले कम्तीमा तीनवर्षमा संस्था मुनाफा कमाउन सफल हुने विश्वास व्यक्त गरे ।

‘हामी पुस्तक प्रकाशन गरिरहेका छौँ, जनता टेलिभिजन र जनता समाचार डटकम सञ्चालन गरिरहेका छौँ,’ पौडेलले भने, ‘अब हामी एफएम रेडियो सञ्चालन गर्नेछौँ, त्यसपछि पत्रकारिता र फिल्म कलेज सञ्चालनको तयारीमा छौँ ।’
पौडेलले छोटो अवधिमै जनताले प्रकाशन गरेको पुस्तकले बजार लिइरहेको, जनता टेलिभिजन प्रतिस्पर्धी प्रसारण गृह बनेको र जनतासमाचार डटकमले लोकप्रियता पाएको बताए ।

पूरा कुराकानीका लागि भिडिओ हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…